काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार मृतक ललितपुरको सुनाकोठीका २५ वर्षीय सुरज खत्री हुन्।
प्रहरीका अनुसार मंगलबार जेनजी आन्दोलनको क्रममा गंगा दाहालको घरमा आगजनी भएको थियो। सोही घटनामा जलेको अवस्थामा भेटिएका खत्रीको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।