रामेछाप कारागारमा गोली चल्दा ३ कैदीको मृत्यु, १५ घाइते

रामेछाप, रामेछाप जिल्ला कारागारमा कैदीबन्दीले गेट तोडेर भाग्ने प्रयास गर्दा नेपाली सेनाले गोली चलाएको छ। बिहीबार बिहान भएको घटनामा गोली लागेर तीन कैदीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

-

घाइतेको रामेछाप अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए।

कारागारमा ५० जनाको क्षमता भए पनि हाल ३०० कैदीबन्दी छन्। अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कारागारको सुरक्षा कडा पारेका छन्। प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार अहिले अवस्था सामान्य छ।





Comments

comments

133068