सैनिक मुख्यालय अगाडि ‘जेनजी’हरुबिच कुटाकुट..

काठमाडौं, २७ भदौ २०८२ – सैनिक मुख्यालय जंगी अड्डा अगाडि आज जेनजी समूहहरूबीच तनावपूर्ण झडप भएको छ। नयाँ अन्तरिम प्रधानमन्त्रीको चयनलाई लिएर सहमति हुन नसक्दा जेनजी समूहहरू एकआपसमा कुटपिटमा उत्रिएका छन्।

नेपाली सेना, राष्ट्रपति र जेनजी समूहबीच वार्ता चलिरहेको समयमा सैनिक मुख्यालय बाहिर भेला भएका जेनजी समूहहरूबीच विवाद चर्किएको हो। प्राप्त जानकारीअनुसार, एउटा समूहले सुशिला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेपछि अन्य समूहले त्यसको तीव्र विरोध गरे।

विरोध गर्ने समूहले सुशिला कार्कीलाई अस्वीकार गर्दै कुलमान घिसिङलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सारेको छ। यस्तै, हर्क साम्पाङको नेतृत्वमा रहेको अर्को समूहले पनि आफ्नो नेतृत्वमा दाबी गरेको छ। यही विवादका कारण जंगी अड्डा बाहिर भेला भएका समूहहरूबीच हात हालाहालको अवस्था सिर्जना भएको हो।

आज बिहानैदेखि सैनिक मुख्यालय बाहिर जेनजी समूहका युवाहरू भेला भएका थिए। वार्ताको तयारी भइरहँदा उत्पन्न यो झडपले वार्ता प्रक्रियामा समेत असर पर्ने आशंका गरिएको छ।





Comments

comments

133074