काठमाडौं, २७ भदौ २०८२ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गरेकी छिन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिँदै नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा इतिहास रचेकी छिन्।
यसअघि मुलुकको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास बनाएकी कार्कीले अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेकी छन्। उनको यो नियुक्तिले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय थपिएको छ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जेनजी अभियन्ता सुदन गुरुङलगायतको उपस्थिति थियो।