जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१

काठमाडौं, नेपालमा जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार पहिलो दिनको प्रदर्शनमा मात्रै २१ जनाको मृत्यु भएको थियो।

-

प्रहरीको तथ्यांकअनुसार मृत्यु हुनेमा बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी ३ जना र कैदी ९ जना समावेश छन्। बाँकी अन्य प्रदर्शनकारीहरू रहेको प्रहरीले जनाएको छ।

अस्पतालहरूमा मृत्युको विवरण:
– राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं: ८ जना
– सिभिल अस्पताल: ६ जना
– भेरी अस्पताल: ५ जना
– एभरेष्ट अस्पताल: ३ जना
– फ्रन्टलाइन अस्पताल: ३ जना
– केएमसी अस्पताल: २ जना
– विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान: २ जना
– बयोधा अस्पताल: २ जना
– त्रिवि शिक्षण अस्पताल: १ जना
– विराटनगरको बिर्तासिटी अस्पताल: १ जना
– वीर अस्पताल: १ जना
– बिएनसी अस्पताल: १ जना

प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार विभिन्न अस्पतालहरूमा जारी छ।





Comments

comments

133125