हङकङमा फेला परेको १००० पाउन्डको बमको वास्तविकता के थियो?

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० सेप्टेम्बर २०२५ । क्वारी बे निर्माण स्थलमा फेला परेको १००० पाउन्ड तौलको रहस्यमयी बमलाई ईओडी टोलीले सफलतापूर्वक निष्क्रिय पारेको छ।

यो बम हिजो पान होई स्ट्रिटमा भेटिएको थियो। यसले १,९०० परिवार र ६,००० जनालाई प्रभावित बनाएको थियो। सडक बन्द, एमटीआर गेट सील र बस मार्ग परिवर्तन गरिएको थियो।

राति २ बजे सुरु भइ ९ घण्टाको प्रयाशपछि टोलीले ५०० पाउन्ड टीएनटी जलाएर निष्क्रिय पारेको थियो।

यो फेला परेको बम दोस्रो विश्वयुद्धकालीन बम रहेको खुलेको छ। हङकङको क्वारी बे निर्माण स्थलमा यो बम ८० वर्षपछि फेला परेको थियो।

यो बम १९४५ अप्रिल २ मा अमेरिकी वायु सेनाले जापानी कब्जामा रहेको टाइकू डकयार्ड र चिनी कारखानालाई लक्षित गरी खसालिएको हुन सक्ने ब्याप्टिस्ट युनिभर्सिटीका सैन्य इतिहासकार प्रोफेसर क्वङ ची-म्यानले बताए।





Comments

comments

133253