संघीय तमु संघ कास्की तदर्थ समितिमा क्याप्टेन मेकबहादुर

संघीय तमु संघ कास्की तदर्थ समितिमा क्याप्टेन मेकबहादुर
हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, २४ भदौ। पहिचानसहितको संघीयता, तमुवानसहितको संविधान निर्माणका लागि दवाव दिन र तमुवानका पक्षमा गोलवन्द गर्न कस्केली तमुहरुको पोखरामा मंगलवार सम्पन्न भेलाले क्याप्टेन मेकबहादुर तमुको अध्यक्षतामा १५ सदस्यीय संघीय तमु संघ कास्की भेला आयोजक समिति गठन भएको छ।

समितिको सचिवमा ओम तमु, कोषध्यक्षमा नासु.मेखबहादुर तमु, सदस्यहरुमा जगनप्रसाद तमु, आइतबहादुर तमु, क्या.मोहनसिंह तमु, सुमे.टेकबहादुर तमु, चेतनप्रकाश तमु, हर्कबहादुर तमु, अम्बरबहादुर तमु, प्रेमबहादुर तमु, सुर्य तमु, नासु.दुर्गाप्रसाद तमु, भिमबहादुर तमु र सु.हर्कबहादुर तमु चयन हुनुभएको छ।

संघीय तमु संघका केन्द्रीय अध्यक्ष देवीराज तमुको अध्यक्षतामा भएको कार्यक्रममा संघीय समाजवादी पार्टी स्थायी समिति सदस्य गणेशमान तमु, केन्द्रीय सदस्य पानबहादुर घर्ती, जिल्ला अध्यक्ष दीपक तामाङ, विदेश विभाग सदस्य सुन्दर तमु, संघीय प्रेस युनियनका केन्द्रीय सदस्य हुमबहादुर तमु, नवनिर्वाचित अध्यक्ष क्या.मेकबहादुर तमु, ओम तमु, सु.हर्कबहादुर तमु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

तमु विद्यार्थी महेन्द्र उच्चमाविमा सन्तबहादुर
तमु विद्यार्थी समिति कास्कीको संगठन निर्माण अभियान अन्र्तगत मंगलवार पोखरा नयाँबजारस्थित महेन्द्र उच्च माविमा सन्तबहादुर तमुको अध्यक्षतामामा ३१ सदस्यीय कार्यसमिति गठन भएको छ।

नवगठित समितिको उपाध्यक्षमा भुपाल तमु, सचिवमा लक्ष्मी तमु, कोषाध्यक्षमा सुवास तमु, सहकोषाध्यक्षमा हिरामाया तमु चयन हुनुभएको छ।

कार्यक्रममा तमु विद्यार्थी समिति कास्कीका अध्यक्ष रमेश तमु, केन्द्रीय सदस्य जितबहादुर तमु, मिस तमु २०११ मा टाइटल विजेता पुनम तमुले तमु विद्यार्थी समितिको उद्धेश्य र गतिवीधिको बारेमा चर्चा गर्नुभएको थियो।

यसैविच मिसेस पोखराको २०१४ को टपटेनमा प्रवेश गर्नुभएका पुनम तमुलाई MP 8 send ७३७३ मा गर्न आग्रह गरिएको थियो।





Comments

comments

1339