Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली टेलिभिजन अनलाईनमा पनि

एचकेनेपाल डट कम संवाददाता-
लण्डन । बेलायतबाट विश्वका ६५ भन्दा बढि देशहरुमा प्रशारण भइरहेको नेपाली टेलिभिजन युकेले स्थापनाको नवौं बर्ष गांठकोे अवसरमा वेवसाइटबाट पनि आफ्नो सेवा विस्तार गरेको छ।

विश्वमा छरिएर रहेका करोडौं दर्शकहरुसम्म पुग्न नेपाली टेलिभिजनको वेवसाईटबाट प्रत्यक्ष (LIVE TV) हेर्न सकिन्छ। यो सुविधासंगै विश्वभर रहेका नेपाली टेलिभिजनका दर्शकहरुले नेपाली टेलिभिजनको वेवसाइट www.nepalitv.com मार्फत नेपाली टेलिभिजन प्रत्यक्ष हेर्न सक्नेछन्।

वेवसाइटका अलावा बेलायत, युरोप, अष्ट्रेलिया तथा खाडी मुलुकमा पनि टेलिभिजन बक्सको सहायताले नेपाली टेलिभिजन सिंतैमा हेर्न सकिने नेपाली टेलिभिजन व्यवस्थापनले जनाएको छ।





Comments

comments

1348