Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सार्क शिखर सम्मेलनका लागि बुलेटप्रुफ गाडी भाडामा ल्याइने

खरिद प्रक्रियामा कानुनी व्यवधान देखिएपछि सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को शिखर सम्मेलनका लागि बुलेटप्रुफ गाडी भाडामा ल्याइने भएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ र नियमावलीअनुसार प्रयोग गरिएका गाडी खरिद गर्न नमिल्ने भएपछि परराष्ट्र मन्त्रालयले सार्क सदस्य रहेका छिमेकी राष्ट्रबाट बुलेटप्रुफ गाडी भाडामा ल्याउने निर्णय भएको खबर आजको नागरिकमा छापिएको छ। ‘ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘त्यसका लागि काठमाडौंमा रहेका भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका राजदूतहरूसँग छलफल सुरू गरेका छौ।’

सार्कको १८औ शिखर सम्मेलन आगामी मंसिर १० र ११ गते काठमाडौंमा हुँदैछ। त्यसका लागि सरकारले विभिन्न समिति, उपसमिति बनाएर तयारी तिब्र रूपमा अघि बढाएको छ।

बुलेटप्रुफ गाडी उत्पादक कम्पनीले मंसिरसम्ममा नयाँ गाडी उपलब्ध गराउन नसक्ने सूचना दिएपछि परराष्ट्र बिएमडब्लुका पुराना गाडी खरिद गर्ने तयारीमा थियो।तर, पुराना गाडी खरिद गर्न कानुनी अड्चन देखियो। त्यसैले परराष्ट्र गाडी भाडामा लिने निर्णयमा पुगेको हो।





Comments

comments

1350