ब्यञ्जनको बार्षिकोत्सबमा उत्सब

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम-
पोखरा। संचालनमा आएको छोटो समयमै चर्चामा आउन सफल लेकसाइडको ब्यञ्जन रेष्टुरेण्ट तेस्रो बर्षमा प्रबेश गरेको छ।

युवा ब्यवसायी बैभब पौडेलले संचालन गरेको रेष्टुरेण्टले बार्षिकोत्सबको अवसर पारेर, दुइ दिनसम्म रेष्टुरेण्टमा ब्यञ्जन उत्सबको आयोजना गर्यो। कार्यक्रममा सुगम पोखरेल, गिरिश अतिवडा र श्रेया तामाङ्गको गीतमा दर्शकहरुले भरपूर मनोरञ्जन लिएका थिए। सुगमले फेरी त्यो दिन सम्झन चाहन्न बोलको गीतमा दर्शकहरुको वाही वाही पाए।

कमेडियन समीर क्षेत्रीको प्रस्तुतीले पनि दर्शकहरुका मन जित्न सफल भएको थियो। जक्सन डटकम र ओम इभेण्टको ब्यबस्थापनमा संचालन भएको दुइ दिने कार्यक्रममा करिब हजार दर्शकले हेरेका थिए। नौलो सजावटका साथ सुरु भएको रेष्टुरेण्ट बिशेषगरी युवा पुस्ता र परिवारीक वातावरणका कारण पोखरामा छोटो समयमै लोकप्रिय छ।

‘राम्रो सजावट र पारिवारीक वातावरणनै हाम्रो रेष्टुरेण्टको मौलिकता हो।’–संचालक बैभब भन्छन्–‘बेला बेलामा दर्शकहरुलाइ उपहार स्वरुप लोकप्रिय कलाकारहरु ल्याएर मनोरञ्जन दिन यस्ता कार्यक्रम अरु बेला पनि गर्दै आएका छौं।’





Comments

comments

1346