हङकङमा भारतीय नागरिक मृत फेला

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २ जनवरी । हङकङको जोर्डन रोडस्थित न्यु लकी हाउसको एक युनिटमा बिहीबार ४६ वर्षीय भारतीय पुरुष मृत अवस्थामा भेटिएका छन्।

साथी फ्ल्याटमा जाँदा उनलाई बेडरूममा बेहोस देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थल पुगेका एम्बुलेन्स कर्मचारीले उनलाई मृत घोषित गरेका छन्। मृतकसँग अस्थायी पहिचान पत्र (वाकिङ पेपर) थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा कुनै पनि शंकास्पद गतिविधि भेटिएको छैन। घटनालाई ‘शव फेला परेको’ मामिलाका रूपमा दर्ता गरिएको छ भने मृत्युको वास्तविक कारण थाहा पाउन शव पोस्टमार्टमका लागि मुर्दाघर पठाइएको प्रहरीले जनाएको छ।





Comments

comments

134911