काठमाडौं, १८ माघ २०८२ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) ले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघर, बानेश्वरमा पुगेर पदभार ग्रहण गरेका छन्।
पार्टीमा प्रवेश गरेपछि पहिलो पटक कार्यालय पुगेका बालेनले आफ्नो कार्यकक्षमा पुगेर संक्षिप्त रूपमा पदभार ग्रहण गरे पनि लगत्तै त्यहाँबाट बाहिरिएका छन्।
यसैबीच, उनी आजै जनकपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
रास्वपाका सभापति रवि लामिछानेसँगको सहमतिअनुसार उनी झापा–५ बाट निर्वाचन लड्ने र पार्टीले उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।


