हङकङका प्रसिद्ध कुङ फु कलाकार ब्रुस लेउङको निधन

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १८ जनवरी। हङकङका प्रसिद्ध कुङ फु कलाकार ब्रुस लेउङ (लियाङ सियाओ लोङ) को निधन भएको छ। उनी ७७ वर्षका थिए।

उनको मृत्यु २०२६ जनवरी १४ मा भएको खबर आज उनका साथीहरूले पुष्टि गरेका छन्।

परिवारले निजी रूपमा अन्त्येष्टि गर्ने तयारी गरेको छ। जनवरी २६ मा चीनको सान्सेन (शेन्जेन) को लोङगाङ जिल्लामा अन्तिम संस्कार गरिने बताइएको छ।

लियाङ सियाओ लोङले १९७० को दशकमा हङकङ सिनेमामा ठूलो छाप छोडेका थिए। उनी ब्रुस ली, ज्याकी चान र टी लुङसँगै चार ड्रागन मध्ये एक गनिन्थे। उनले टीभी सिरियल “द ग्रेट ह्वो युआन जिया” र “चेन जेन” मा चेन जेनको भूमिकामा अभिनय गरेर दर्शकको मन जितेका थिए।

File Photo

पछि उनी केही समय व्यापारमा लागे र सिनेमाबाट टाढा भए। तर, सन् २००४ मा स्टिफन चाउको ब्लकबस्टर फिल्म “कुङ फु हसल” मा “फायर क्लाउड इभिल गड”को खलनायक भूमिकाले उनलाई फेरि विश्वव्यापी चर्चामा ल्याएको थियो।

यो भूमिकाले नयाँ पुस्तालाई पनि उनको कुङ फु कौशल चिनाएको थियो।

उनको निधनले हङकङको मार्शल आर्ट सिनेमाको एक युगको अन्त्य भएको छ। उनको कडा र वास्तविक फाइट दृश्यहरूले विश्वभर चिनियाँ एक्सन हिरोको छवि बनाउन ठूलो योगदान दिएका थिए।

शोक सन्तप्त परिवार, साथीभाइ र लाखौं प्रशंसकहरूलाई हार्दिक समवेदना।





Comments

comments

135154