न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १८ जनवरी। हङकङको नगाउ टाउ कोकमा एक ३५ वर्षीया स्थानीय महिलाको हत्या गरेको आरोपमा २८ वर्षीय अफ्रिकी मूलका एक पुरुष पक्राउ परेका छन्।
पीडित ताम थरकी महिलाको शव गत डिसेम्बर ३० मा लोक वह साउथ इस्टेटको फ्ल्याटमा ओछ्यान मुनि लुकाएको अवस्थामा फेला परेको थियो।
उनको टाउकोमा दर्जनौं चोट लागेको, खोपडी फुटेको र धेरै रगत बगेको थियो।
आरोपितले झगडापछि हत्या गरेर चीन भागेका थिए तर हङकङ प्रहरीले मुख्य भूमि चीन प्रहरीको सहयोगमा जनवरी १६ मा उनलाई फिर्ता ल्याएर पक्राउ गरेको हो। उनी अहिले प्रहरी हिरासतमा छन् र सोमबार अदालतमा हाजिर हुनेछन्।


