रौतहट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम चढेको गाडीले ठक्कर दिँदा ४ वर्षीया नाबालिकाको घटनास्थलमै मृत्यु भएको छ।
रास्वपाको चुनावी अभियानसँग सम्बन्धित गाडीले अल्फा खातुनलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
ठक्कर लागेपछि उम्मेदवार घटनास्थलबाट फरार भएका छन्। गाडी चालक पनि भागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। हालसम्म उम्मेदवार वा चालक कसैको पनि प्रहरी समक्ष आत्मसमर्पण भएको छैन।
प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको छ। पीडित परिवारले चालक, गाडीमा सवार उम्मेदवार र सम्बन्धित व्यक्तिहरूमाथि कडा कारबाहीको माग गरेका छन्। स्थानीय बासिन्दाले यो घटनाप्रति तीव्र आक्रोश व्यक्त गर्दै सडकमा विरोध प्रदर्शनसमेत गरेका छन्। दुर्घटनापछि बा १५ च ४२४४ नम्बरको क्रेटा गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


