सुशीलाको ‘तिमीसँग’ सार्वजनिक

काठमाडौं । रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ। डिपी खनालको शब्द रचना, शंकर थापा स्माइलको संगीत र राजेन्द्र वाइवाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा सागर दाहाल र स्मारिका ढकाललाई फिचरिङ गरिएको छ। भिडियोमा गायक रामकृष्ण र गायिका सुशीलालाई पनि देख्न सकिन्छ।

सुदीप दाहालको पोष्ट प्रोडक्सन र सुशीलाकै निर्माण रहेको सार्वजनिक गीतको भिडियोमा उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन छ। गीतको शब्द रचना जति राम्रो छ भिडियो पनि त्यतिकै शसक्त बनेको छ।

प्रेमील यस गीतमा आफूले मन पराएको मान्छेसँग सधै साथ रहँदा मन रमाउने भाव व्यक्त गरिएको छ। शब्द रचना, स्वर, संगीत र उत्कृष्ट भिडियो छायांकन भएको यो गीत सार्वजनिक भएसँगै धेरै श्रोतारदर्शकले मन पराइरहेका छन्।

अमेरिकाको बोस्टन निवासी गायिका सुशीला नेपाल बाहिर भए पनि गीत संगीत क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।

सुशीला बस्नेतका यसअघि ‘राधा कृष्ण, तिम्रो मायाको, मेरी माँ’, ‘तीज आयो साथी संगी’ जस्ता गीतहरू धेरै मन पराइएका छन्।





Comments

comments

135439