चार अमर प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’

नइ एकेडेमीले चार जना अमर प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेक‍ो छ।

अमर प्राज्ञहरू महासमाल‍ोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.शिवगोपाल रिसाल, प्रा.डा.चूडामणि बन्धु र प्रा.डा.दयाराम श्रेष्ठलाई जनही पचास पचास हजार रुपियाँ राशिसहित ‘नइ प्रज्ञा पुरस्कार’बाट विभूषित गरिने भएको हो।

त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा ऐतिहासिक एवम् कालजयी योगदानका लागि उहाँहरूलाई सो पुरस्कार समर्पण गर्न लागिएको हो।

‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा समेत उहाँहरूको विशिष्ट भूमिका रहेको छ।

महासमालोक प्रा.त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा नइ एकेडेमीले २०८२ साल चैत २७,२८ र २९ गते ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ। स‍ोही अवसरमा यी पुरस्कार समर्पण गरिने छन्।

नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसारनइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।





Comments

comments

135759