Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

माओवादी केन्द्रबाट कसले मन्त्री पाउने कसले नपाउंने ?

आगामी सरकारको नेतृत्व गर्न लागेको नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी बढेपछि नेतृत्व गम्भीर संकटमा परेको छ ।

पार्टीबाट मन्त्री चयनका लागि हुने गरेका अनौपचारिक छलफलमा आफू पक्षधरलाई महत्वपूर्ण मन्त्रालयसहित मन्त्री बनाउने होडबाजी चलेपछि अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व नगर्दै संकटमा परेका छ । अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारमा सहभागी तीनजना मन्त्रीलाई दोहोर्यातएर अन्य नयाँ अनुहारसहितको मन्त्रिमण्डल बनाउने तयारी थाले पनि तीनजनामा पनि को-को जाने भन्ने विवाद देखिएको छ । पुराना तीनजनामा विवाद बढेपछि नयाँ अनुहारमात्र माओवादीबाट मन्त्री बन्ने सम्भावना समेत बढेर गएको छ ।

स्रोतका अनुसार ओली सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा र वनमन्त्री अग्नि सापकोटाको नाम चर्चामा छ । उनीहरुले राम्रो काम गरेकाले पुनः मन्त्री बनाउने दाहालको योजना छ ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने र ओली नेतृत्वको सरकारबाट नहोदोरिने नेताहरुमा जनार्दन शर्मा, कृष्णबहादुर महरा, राम कार्की, प्रभु शाह, हितराज पाण्डे, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, गौरीशंकर चौधरी, सीता नेपाली लगायतको नाम चर्चामा रहेको खबर राजधानी दैनिकमा छ।





Comments

comments

Leave a Reply

13648