प्रचण्डलाई रोक्न अनेकौं प्रयास, के–के गरे ओलीले ?

प्रधानमन्त्री केपी ओली चतुर्याईंपूर्वक अविश्वासको प्रस्ताव छल्न सफल भएका छन् र पदमुक्त हुँदै गर्दा सर्वाधिक नेपालीको मन जित्न सक्ने प्रधानमन्त्री पनि नेपालको इतिहासमा ओली नै बनेका छन् ।

संसद्को तेस्रो ठूलो दल माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पद हस्तान्तरण गरेर विद्यमान सत्ता गठबन्धन टिकाउनुभन्दा सम्पूर्ण रुपले सत्ताच्युत हुनुपर्ने मार्ग ओलीले किन रोजेका हुन आश्चर्य र जिज्ञासाको विषय बनेको छ ।

माओवादीको उदय भएदेखि नै उक्त समूहको सर्वाधिक विरोधी मानिँदै आएका केपी ओली एउटा बाध्यात्मक अवस्थामा पुगेपछि मात्र माओवादीलाई बोक्न तत्पर भएका थिए ।

ओलीलाई यति चाँडै र यसरी माओवादीले सरकार छोड्ने विश्वास नभएको ताइन्छ । अरु जेसुकै दिए पनि माओवादीलाई प्रधानमन्त्री पद दिने सोचमा ओली थिएनन् ।

कारण जे बताइए पनि प्रचण्डको प्रधानमन्त्री बन्नकै लागि साथ छोडेको हो भन्नेमा ओली स्पष्ट छन् । आफूलाई धोका दिएको र संसदको दोस्रो या पहिलो ठूलो दलभन्दा बाहेकको तेस्रो दललाई सरकारको नेतृत्व दिनु सैद्वान्तिक रुपले समेत गलत हुनसक्ने भन्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट हरहालमा रोक्ने योजना बनाएका छन् ।

प्रचण्ड प्रधानमन्त्री बन्दा राजनीति दूषित एवं विकृत बन्ने ओलीको ठहर छ । त्यसैले नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिने पक्षमा उनी रहेका छन् ।

आगामी साल माघ ७ गतेसम्म सरकारको नेतृत्व लिने हो भने कांग्रेसलाई एकमना सरकार गठन गर्न बाहिरबाठ समर्थन गरिदिने र तीन महिनापछि मात्र आफूहरु सरकारमा सामेल हुने योजना ओलीको रहेको बुझिन्छ ।

के–के गरे ओलीले ?

माओवादीले सरकार छोडेर बाहिरिने निर्णय लिएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले एक मात्र प्रयास माओवादीलाई सरकारको नेतृत्व दिनुहुँदैन भन्ने विषयमा केन्द्रीत रह्यो ।

आफ्नाविरुद्व अविश्वासको प्रस्ताव दर्ता नहुँदै ओलीले आफूपछिको सरकारको नेतृत्व लिन कांग्रेसका नेताहरुसमक्ष प्रस्ताव पठाइसकेका थिए ।

समाचारअनुसार अलिक समय लम्बिँदा कांग्रेसले सरकारको नेतृत्व लिने वातावरण बन्न सक्छ भन्ने ठानेका ओलीले ‘संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन नहुने अवस्था रहेको’ दावी र संविधान संशोधनको आदेश हुनसक्ने अपेक्षासहित सर्वोच्च अदालतमा रिट निवेदन दिने योजना बनाएका खबर घटना र विचार साप्ताहिकले छापेको छ ।





Comments

comments

Leave a Reply

13650