Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजदूतको मनपरी खर्च, परराष्ट्र मन्त्रालयले स्वीकृत गरेन

काठमाडौं- सरकारले ‘कूटनीतिक मर्यादाविपरीत कार्य गरेको’ भन्दै पदमुक्त गरेको कतारका लागि तत्कालीन नेपाली राजदूत मायाकुमारी शर्माले पदमा छँदा राज्य ढुकुटीबाट ३९ लाख रुपैयाँ खर्च गरेकी थिइन्।

फाइल फोटो
उनले टेलिफोन, उपचारलगायत विभिन्न शीर्षकमा खर्च भएको भनी परराष्ट्र मन्त्रालयलाई हिसाबसमेत बुझाइन्। परराष्ट्रले ‘खर्चको विश्वासिलो आधार नभएको’ भन्दै हिसाब स्वीकृत नगरेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। कतारस्थित दूतावासले भने शर्माले खर्चेको रकम बराबर राजस्व पूर्ति गरिदिन आग्रह गर्दै मन्त्रालयलाई बारम्बर ताकेता गरिरहेको छ। स्रोतअनुसार उक्त रकम महालेखापरीक्षकको बेरुजुमा देखिनेछ।

शर्माले यो रकम सिधै दूतावासले उठाएको राजस्वबाट झिकेर खर्च गरेकी हुन्। दूतावासले वैदेशिक रोजगार सिलसिलामा कतार पुगेका गरिब नेपालीसँग राहदानी र कन्सुलर सेवाबापत राजस्व संकलन गर्छ। यसमध्ये ठूलै विपत परे मात्र मन्त्रालयको स्वीकृतिमा सानो अंश खर्च गर्न सक्ने प्रावधान छ।
‘दूतावासका कर्मचारी विश्वासिलो आधारै नभई खर्च गरेको ३९ लाख के गरी उठाउने भनेर तारन्तार सोधिरहन्छन्, हामीसँग जवाफ छैन,’ परराष्ट्रका उच्च स्रोतले भन्यो। सरकारले २०७० असोजमा शर्मालाई पदमुक्त गरेको थियो।





Comments

comments

1367