Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

माघ ८ मा संविधान नबन्ने पक्का – महामन्त्री गुरुङ

गिता राना मगर / एचकेनेपाल डट कम –
पोखरा, २६ भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री चन्द्र बहादुर गुरुङले अहिलेको संविधान सभाबाट कुनैपनि हालतमा संविधान नबन्ने बताएका छन्।

संविधान सभाबाट संविधान निर्माण नहुनेमा दिन प्रतिदिन शंका उत्पन्न हुन थालेपछि राप्रपा नेपालले देशब्यापी रुपमा दवाव अभियान सञ्चालनको तयारी भइरहेको उनको भनाइ रहेको थियो।

राप्रपा नेपालको पश्चिमाञ्चल स्तरिय प्रशिक्षणको समापन कार्यक्रममा वोल्दै महामन्त्री गुरुङले अघिल्लो संविधान सभा जस्तै यसपटक पनि संविधान नबन्ने पक्का भइसकेकाले आफूहरु दवाव दिनका लागि पूर्व तयारी गरिरहेको वताए। ४ वर्षसम्म कुनै काम हुन नसकेको संविधान सभाले यो पटक कार्यदिशा अनुरुप काम शुरु गर्न नसकेकाले कुनैपनि हालतमा माघ ८ भित्र संविधान जारी हुन नसक्ने गुरुङले वताए।

पूर्वमेचीदेखि महाकाली सम्मका सम्पूर्ण क्षेत्रहरुमा रहेका कार्यकर्ताहरुलाई पुस महिनादेखि सुरु हुने आन्दोलनमा सहभागी हुनका लागि पूर्व तयारी स्वरुप आफूहरुले प्रत्येक बिकास क्षेत्रहरुमा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरेको र त्यसैअनुरुप पोखरामा पनि पश्चिमाञ्चल क्षेत्रमा रहेका जिल्ला अध्यक्षहरु बीच प्रशिक्षण कार्यक्रम सम्पन्न भएको महामन्त्री गुरुङको भनाइ थियो।





Comments

comments

1370