Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लण्डन दशैं म्युजिक फेस्टिभल अगष्ट १३ मा

धर्मराज अधिकारी / एचकेनेपाल डट कम –
लण्डन । नेपाली हिन्दूहरुको पर्व विजया दशमीको अवसरमा पारी लण्डनमा दशैं म्युजिक फेस्टिभल (डिएमएफएल) हुने भएको छ। बि १३ ले बुधबार सांझ लण्डनमा आयोजना गरेको पत्रकार भेटमा आयोजक मध्यका एक प्रशान्त महर्जनले कार्यक्रमबारे जानकारी गराएका थिए।

लण्डनको इलाफेण्ट एण्ड कास्टलमा रहेको कोरोनेट थियटरमा १३ अगष्ट शनिबार आयोजना गरिने उक्त कार्यक्रममा नेपालको प्रसिद्ध कर्मा ब्याण्डले प्रस्तुती दिनेछ। यसका अलावा पेपरेज, डिज्यास्टर, युट्युब हिट छेवाङ, गरीमा राई, भोक्सो (ह्याण्डसमको नि लिमिट हुन्छ) लगायतले बेलुका अबेरसम्म प्रशस्तुती दिनेछन्। त्यसपछि विहानसम्म कार्यक्रमा फ्रि डान्स पार्टी हुने महर्जनले जानकारी दिए।

बेलायत आउने भिषा नदिएका कारण कार्यक्रममा एक्स ब्याण्ड भने उपस्थित नहुने भएको छ। १८ बर्ष माथिकाहरुलाई मात्र प्रवेश दिइने सो कार्यक्रममा जानेहरुका लागि अनलाईन डब्लुडब्लुडब्लु डट नेपाली दोकान डट कम मा लगअन गरी टिकेट लिन सकिन्छ।

कार्यक्रममा सहभागी कर्मा ब्याण्डका भोकलिष्ट सुरेन्द्रमान सिंहले सहभागी दर्शकहरुलाई भरपूर मनोरञ्जन दिन आफूहरु तयार रहेको बताए। लामो समयको ग्यापपछि ब्याण्डका साथीहरुबीच पुन मिलन भएको छ, पत्रकार सम्मेलनमा सिंहले भने, बेलायतवासी नेपालीहरुलाई मनोरञ्जन दिन हामी विशेष तयारीका साथ उपस्थित भएका छौं।

पत्रकार सम्मेलनमा सन्तोष स्याङ्बो, पुजन थापा, अञ्जन बगाले, अञ्जन बगाले, प्रवेश भण्डारी, अविनाश गुरुङलगायत सहभागी थिए।





Comments

comments

1372