म्याग्दी-१ मा मतगणना जारी छ। स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले अग्रता कायम राखेका छन्।
महावीर पुन (त्रिभुज चिन्ह) ले २३९१ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठ (सूर्य चिन्ह) ले ११५४ मत पाएका छन्।
कर्ण बहादुर भण्डारी (नेपाली कांग्रेस, रुख चिन्ह) ले १०२६ मत र अर्जुन बहादुर थापा (नेकपा, तारा चिन्ह) ९६० मत पाएका छन्।
डा. महावीर पुनले युवा सशक्तीकरण र विकासमा जोड दिँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत भइसकेका छन्।


