Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सकारात्मक काम गर्नेसंग राजदूतावास सधै सहकार्य गर्न तयार छ– राजदूत डा. बस्न्यात

रवि भट्ट / एचकेनेपाल डट कम –
क्वालालम्पुर। मलेसियामा यदि सकारात्मक काम गर्ने कुनै पनि संघ संस्थाहरु वा कम्पनीहरु छन् भने उनीहरुसंग नेपाली राजदूतावास सहकार्य गर्न सकारात्मक रहेको राजदूत डा. निरञ्जन मान सिं बस्न्यातले बताएका छन्।

नयाँ शक्ति नेपाल विदेश विभाग मलेसियाले क्वालालम्पुरमा गरेको एक भेटघाटमा डा. बस्न्यातले कतिपय संघ संस्थामा आबद्ध नेपालीहरुले नेपालीहरुलाई नै पीडित बनाएको र कति पय संघ संस्था ठीक पनि छन् र त्यस्ता सकारात्मक काम गर्ने संघ संस्थासंग दूतावास सहकार्य गर्न सधै सकारात्मक रहेको बताएका हुन्।

विना लिखीत निवेदन वा उजुरी दूतावासले काम गर्न सक्तैन र लिखीत निवेदन दिन पनि पीडितहरुले ठगि गर्ने दलालहरुले पिट्ने डरले दिन सक्तैनन् । लिखित उजुरी आएमा यहाँको प्रशासन समक्ष जानाकारी गराई जसरी पनि कारवाही गर्ने जानाकारी दिए । उनले लाखौ नेपाली श्रमिकहरु रहेको मलेसियामा सर्बप्रथम श्रमिकलाई परेको दुःख कम गर्ने काम प्राथमिकतामा रहेको र दोस्रो आर्थिक कुटनीतिकमा दूतावासले सक्दो काम गर्दै आएको र अझै शसक्त रुपमा गर्ने बताए।

आफू राजदूत भएर आई सकेपछि ५५ हजार अबैधानिक नेपालीहरुलाई नेपाल फर्काएको, घर फिर्ति केन्द्रमा रहेका हालसम्म ६ सय १२ नेपालीहरुलाई दूतावासको पहलमा निशुल्क हवाई टिकट उपलब्ध गराई नेपाल पठाएको, राजदूतावासले वकिलको नियूक्ति गरेको, रेडियो संञ्चालन गरेको, पहिलेको भन्दा अहिले श्रमिकहरुको सजिलोको लागि छुट्टा छुट्टै काउण्टर तथा २४ घण्टे हट लाईनको व्यवस्था गरेको छ । केही व्यक्तिहरुले २ हजारदेखि ३ हजार रिङगेटसम्म असुलेर घर फर्कने श्रमिकहरुलाई अझ तड्पाएर धेरै दिन झुलाएर राखेको फर्काउन नसकेपछि पीडितहरु दूतावाससम्म उजुरी दिन आउन थालेको तथा नेपालीहरुले नै श्रमिकमाथि यस्तो निक्रिष्ट काम गरेकोमा आफू अचम्मित तथा दुखित भएको उनले बताए । यस्ताहरुलाई कारबाही गर्ने यहाँको प्रशासनमा पत्राचार गरि सकेको पनि उनले जानाकारी दिए।

नयाँ शक्ति मलेसियाले हालै भएको भन्सार सम्बन्धि नियम, गैर कानूनिरुपमा काम गरेकाहरु विभिन्न कारणले मृत्यू हुदाँ कसरी नेपाल पठाउने, जेलमा कसरी जान सकिने र भाषाको ज्ञान भएमा उनीहरु छुट्न सक्ने, हुण्डीको कारोबारबाट नेपालीहरु ठगिने, श्रम संझौता अन्तरगत ईन्स्योरेन्सको बारेमा दूतावाससंग जानाकारी र समस्याको समाधानको बारेमा छलफल गरेका थियो । नयाँ शक्ति नेपाल मलेसियाका संयोजक भानुभक्त देवकोटाको नेतृत्वमा सदस्यद्धय नर बहादुर सुनार र राजु ढुङगाना प्रनिलले उक्त समस्याहरु प्रस्तुत गरेका थिए । दूतावासले वकिल राखि सकेको हुँदा वकिलले सबै जेल निरिक्षण गरि तल्लो र माथिल्लो अदालतमा गरि ८ नेपालीलाई मृत्युदण्डको सजाँय सुनाएको जानाकारी प्राप्त भएको र यसमा दूतावासको तर्फबाट वकिलले बहस गरिरहेको राजदूत बस्न्यातले जानाकारी दिए ।

ईन्स्योरेन्सको हकमा सुतेको अवस्थामा नै मृत्यू भएको तथा आत्महत्या बाहेक कामको शिलशिलामा मृत्यू भएकाहरुलाई मलेसियाको कानून अनुसार २५ सय रिङगेट र नेपालमा हाल १० लाख रुपैया उपलब्ध हुने दूतावासका श्रम सहचारी बुद्धिनाथ भट्टराईले बताए ।

हुण्डी सम्बन्धमा यसबाट यहाँको बैंक नेगराले पनि कडा निगरानी गरि राखेको छ र कसैले नेपालीहरुलाई हुण्डीबाट ठगि भई रहेको छ भन्ने लिखित उजुरी आएमा सम्बन्धित निकायलाई जानाकारी दिई कारवाही अगाडि बढाउने दूतावासका द्धितीय सचिव तथा प्रबक्ता उत्तम शाहीले जानाकारी दिए।





Comments

comments

Leave a Reply

13744