निधि नेतृत्वमा कांग्रेस सरकारमा

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वका नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र निधीले पार्टीको नेतृत्व गर्ने भएका छन् ।

नयाँ गठबन्धन निर्माणमा सक्रिय नेता निधिलाई नै सभापति शेरबहादुर देउवाले नेतृत्वसहित सरकारमा पठाउने तयारी गरेका हुन् ।

प्रधानमन्त्रीको शपथसँगै कांग्रेसका तर्फबाट निधिसहित केही नेताले शपथ लिने देउवा निकट स्रोतको दावी छ ।

बाँकी मन्त्रालयमा भने पार्टीका प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनपछि मात्र मन्त्री पठाउने देउवाले आन्तरिक गृहकार्य गरेका खबर आजको नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

13754