सुटिङ नै रोकेर सलमान र दीपिकाको २ घण्टा लामो कुराकानी

केही दिनअघि एउटा विज्ञापनको सुटिङका लागि अभिनेता सलमान खान एउटा स्टुडियोमा पुगे । त्यहाँ सुटिङ सुरु भइसकेको थियो । बीचमा उनले थाहा पाए– अभिनेत्री दीपिका पादुकोण पनि त्यही स्टुडियोमा छिन् । त्यसपछि सलमान त्यहाँबाट तत्काल दीपिकालाई भेट्न पुगे ।

दीपिका पनि विज्ञापनको सुटिङमा व्यस्त थिइन् । तर, सलमानले त्यो सुटिङ चल्न दिएनन् । उनले दीपिकासँग कुरा गर्न थाले । यी दुईको कुरा दुई घन्टासम्म चल्यो । केही अघि एउटा अर्को कार्यक्रममा यी दुईको भेट भएको थियो । त्यसपछि उनीहरू नजिकिएको बलिउडमा चर्चा गर्न थालिएको छ । त्यसो त दीपिका र सलमानले अब एउटै फिल्ममा काम गर्ने कुरा पनि चर्चामा छ । नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

13759