Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
काबुलमा भयानक ट्रक विस्फोटपछि नेपाली सुरक्षाकर्मीहरु परिचालित – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

काबुलमा भयानक ट्रक विस्फोटपछि नेपाली सुरक्षाकर्मीहरु परिचालित


फोटो सौजन्यः एएफपी


रोशन मेवाहाङ / एचकेनेपाल डट कम –

काबुल, अफगानिस्तानको राजधानी काबुलमा तालिवान आतंककारी समूहले विदेशी ठेकेदार बस्ने उत्तरी गेटको होटलको प्राङ्गनमा भयानक विस्फोटन गराएको छ।

आतंककारीहरुले ट्रक भरी लादेर ल्याएका करिब १५ सय केजीको विस्फोटन पदार्थ पड्कन साथ अन्य विद्रोही समूहले होटलभित्र प्रवेश गरी अन्धाधुन्ध गोली चलाउदा दुई काबुल प्रहरी घाइते भएका छन्।

काबुल प्रहरी प्रमुख अब्दुल रहमान राहिमीले तीन आतंककारी तालिवान कारबाहीमा मारिएको बताए। स्टीभ जोन्सले होटलभित्र रहेका सवै विदेशी ठेकेदारहरु सुरक्षित रहेका टेलिफोनमा बताए।

विस्फोटनबाट ट्रक चालकको मृत्यु भएको मन्त्रालयका सहायक प्रवक्ता नाजिब दानिसले बताए । उक्त भयानक विस्फोटनले अफगानिस्तानको राजधानी पूर्वी काबुल नै हल्लाएको थियो।

विस्फोटनपछि पूर्णरुपमा विजुलीको प्रसारण केही समयसम्म बन्द रहेको थियो । काबुलमा खटिएका एक गोर्खा सैनिकका अनुसार एनडीएस (गुप्तचार सुरक्षा फौज)ले भिडन्तमा तीन आतंकारी मारिएको बताउदै उनले भने, आतंककारी तालिवान समूहलाई हमला गर्न र होटलको सुरक्षा दिन तयारी रहेको समेत बताए।

यो उत्तरी गेट होटल, काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलोमिटर उत्तर पूर्वी क्षेत्रमा रहेको छ । होटलको सुरक्षा पूर्व नेपाली सेना र भारतीय गोर्खा सैनिकहरुले दिइरहेको सुरक्षाकर्मी चन्द्र श्रेष्ठले बताए।

विदेशी ठेकेदारहरुको बसोबासका लागि बनाईएको यस होटलको वेबसाइटले तालिम प्राप्त कुकुरद्वारा विस्फोटन पर्दाथको मात्रा थाहा पाउने सुरक्षा र होटलदेखि विमानस्थलसम्म लैजाने ल्याउने व्यवस्था रहेको साइटले जनाएको छ।

तलिवानका प्रवक्ता जविउल्लाह मुजाहीदले यो विस्फोटन काबुल शहरमा अत्यधिक शक्तिशाली रहेको र यो उनीहरुको युद्धको एक अंश रहेको दावी गरेका छन्।

अफगानिस्तानका अधिकारीहरुले भने, जब उज्यालो भएपछि प्रहरीहरुले यस उत्तरी गेटलाई जोड्ने सबै कच्ची तथा पक्की बाटोहरु बन्द गराएका थिए । राजधानी काबुलमा यस्ता विस्फोटन पदार्थ ल्याएर कसरी यो बाटो छिर्न सफल भयो भन्ने एउटा जटिल प्रश्न अझै शंकास्पद रहेको छ।

गत जुन महिना तालिवानको आक्रमणबाट १२ नेपाली सुरक्षाकर्मीसहित १४ जनाले ज्यान गुमाएका थिए।





Comments

comments

Leave a Reply

13762