काठमाडौं, चैत्र १३ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १४ जना नवनिर्वाचित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आज बिहान १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्।
बालेन्द्र शाहसँगै १४ जना मन्त्रीहरुले पनि शपथ लिएका छन्।
शपथ लिनेमा रास्वपाका सुधन गुरुङ गृह, स्वर्णिम वाग्ले अर्थ, शिशिर खनाल परराष्ट्र, गनेश पौडेल संस्कृति, दीपक साह श्रम, सस्मित पोखरेल शिक्षा, बिक्रम तिमिल्सिना सूचना, प्रतिभा रावल सामान्य प्रशासन, विराजभक्त श्रेष्ठ ऊर्जा, गीता चौधरी कृषि, सोविता गौतम कानुन, सीता बादी महिला तथा बालबालिका र सुनील लम्साल भौतिक पूर्वाधार मन्त्री छन्।
शपथ ग्रहण समारोहमा हिन्दू र बौद्ध परम्पराअनुसार स्वस्ति वाचन, शंखनाद र मंगल पाठ गरिएको थियो।
३५ वर्षीय बालेन्द्र शाह नेपालको सबैभन्दा कान्छो जननिर्वाित प्रधानमन्त्री बनेका छन्।
बालेन्द्र शाह पूर्व र्यापर तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर हुन्। रास्वपाले फागुन २१ गते भएको आम निर्वाचनमा भारी बहुमत प्राप्त गरेपछि बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएका हुन्।
यो निर्वाचन जेन–जेड युवाहरुको भ्रष्टाचारविरोधी आन्दोलनपछिको परिवर्तनको परिणाम मानिएको छ।


