बालेन नेतृत्वको सरकारमा सुदन गुरुङ गृहमन्त्री

काठमाडौं, १३ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट गोरखा-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङ गृहमन्त्री भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १४ जना नवनिर्वाचित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

पद तथा गोपनीयताको शपथ लिएपछि गुरुङले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

गोरखा–१ बाट प्रत्यक्ष निर्वाचित सांसद गुरुङ जेन–जेड आन्दोलनको प्रमुख अनुहारका रूपमा चिनिन्छन्। भदौ २३ र २४ को जेन्जी आन्दोलनपछि रवि लामिछाने र बालेन्द्र शाहलाई मिलाउन उनले भूमिका खेलेका थिए।





Comments

comments

137758