नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नामक कृतिको लोकार्पण

काठमाडौँ, वानीरा फाउन्डेसनले बुधवार राजधानी काठमाडौँमा एक समारोहका बीच शताब्दी पुरुष डा. सत्यमोहन जोशीको एक सय सातौँ जयन्ती मनाएको छ।

सोही अवसरमा महासमालोचक प्रा. डा. वासुदेव त्रिपाठीले नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नामक कृतिको लोकार्पण गर्नुभयो।

नरेन्द्रराज प्रसाई सदस्यसचिव वानीरा फाउन्डेसनका अनुसार उक्त कृति ४२ वर्षअघि पूर्णप्रसाद ब्राह्मणसँग लिएको अन्तर्वार्तामा आधारित छ। ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नइ एकेडेमीको एक सय त्रियानब्बे (१९३) औँ कृति हो।

कृतिमाथि डा. त्रिपाठी र प्रा. केशव सुवेदीले बृहत् समीक्षा गर्नुभएको थियो। समारोहका प्रमुख अतिथि डा. त्रिपाठीले पूर्णप्रसाद ब्राह्मण विषयक विद्यावारिधि (पीएचडी) गर्ने प्रा. डा. नुरापति पोखरेललाई सम्मान गर्नुभयो।

वानिरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित कार्यक्रममा कवेरी जोशी, दिनेश शर्मा, सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको महिमा तथा नवप्रकाशित कृतिबारे आ–आफ्ना मन्तव्य व्यक्त गर्नुभयो।

समारोहमा वक्ताहरूले पूर्णप्रसाद ब्राह्मणको सांस्कृतिक योगदानलाई समेट्दै उहाँको जीवन र कार्यलाई नयाँ पुस्ताले बुझ्न यो कृति महत्वपूर्ण हुने बताउनुभएको थियो।





Comments

comments

138599