दक्षिण कोरिया । दक्षिण कोरियाको “फ्लाइ ओभर” मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ।
“फ्लाइ ओभर” को माथिल्लो भागको मर्मत गर्ने क्रममा भएको दुर्घटनामा दुई जना मानिसहरूको भग्नावशेष मुनि पुरिएर मृत्यु भएको जनाइएको छ।
घाइते भएका मध्ये, गाडी मुनि फसेर बाहिर निकालिएका एक जना व्यक्तिलाई हृदयघातको अवस्थामा अस्पताल लगिएको र पछि मृत्यु भएको पुष्टि भएको छ। बाँकी तीनजना पुरुषहरूको ढाड र टाउकोमा चोट लागेको जनाइएको छ।
दुर्घटनाको समयमा घटनास्थलमा रहेका १२ जना मध्ये अन्य ६ जना सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको जनाइएको छ । “फ्लाइ ओभर” को निर्माणर्थ जारी अपरेसनको क्रममा दुर्घटना भएको जनाइएको छ। रासस


