स्वास्थ्यमन्त्री मेहतासँग चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरवारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशबिचको घनिष्ठ सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

मन्त्री मेहताले चीन सरकारले नेपाललाई पुर्‍याउँदै आएको सहयोग र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा भएको सहयोगको प्रशंसा गरिन। उनले चीनले गरेको विकासबाट नेपालले पाठ सिकेर योजनासहित काम गर्ने बताइन्।

राजदूतले राजदूत चाङले नेपालको आर्थिक एवं सामाजिक विकासमा वर्तमान सरकारले उल्लेख्य सफलता हासिल गर्न सकोस् भनी कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रालयका सह प्रवक्ता डा अधिकारीले जानकारी दिए । उनले चीन सरकार नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए।

राजदूत चाङले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, पूर्वाधार तथा खाद्य स्वास्च्छताका विविध क्षेत्रमा क्षमता अभिवृद्धि एवं प्राविधिक सहयोग गर्न सकिने प्रस्ताव राखे । भेटवार्तामा सरकारका उच्च अधिकारीको सहभागिता थियो। रासस





Comments

comments

138982