फेवातालमा बेपत्ता युवकको शव फेला

फाइल फोटो

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ।

सोही महानगरपालिका–१५ रामबजार बस्ने १९ वर्षीय अमर थापा क्षेत्री म‌ंगलबार साँझ ७ः०० बजे फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गण कास्कीबाट उनको खोजीकार्यको लागि गोताखोरसहितको टोली परिचालन भएको थियो । टोलीले फेवातालको करिब २५ फिट गहिराइबाट उनको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। रासस





Comments

comments

139341