हङकङबाट उदाएका नेपाली गायक साक्थिम

आमाको हरेक सुस्केरामा संगीतको सुर पाउँछु: गायक साक्थिम
रोशन मेवाहाङ / एचकेनेपाल डट कम –
लण्डन, पाँचथर हाङगुम तिल्केनीमा देउकुमार लिम्बु र स्व गंगादेवी नेम्बाङको कोखबाट जन्मिएका भुपेन्द्र योङया (साक्थिम) नेपाली सांगीतिक आकाशमा एउटा चम्किलो नक्षत्रका रुपमा उदयमान भएका छन्।

लामो समयदेखि हङकङलाई कर्म थलो बनाएका गायक भुपेन्द्रले १६ बर्षको कलिलो उमेरमै विज्ञापनहरुमा आवाज दिदै ‘याम्मो तुमिना’,गीत रेर्कड गराउन सफल भएका थिए। यो नै उनको पहिलो एल्वम थियो । गायक साक्थिमले लिम्बु भाषाका निसुम, नादङ्ग, माङ्गनिशा र तुम्दङ्ग नामक एल्वमहरुबाट सांगीतिक यात्रा सुरुवात गरेका थिए।

आफनी आमाको माया र स्पर्शबाट बिरानो बनेका गायक लिम्बुले आफनो छ्यामाको न्यानो मायासंगै गीत संगीतमा लाग्ने प्रेरणा मिलेको बताउँछन्। आमा विनाको टुहुरो जिन्दगीले, आफनो हरेक संघर्ष र संगीतहरुमा आमाले फेर्ने गरेका लामो सुस्केराको आभाससंगै विभिन्न शव्दहरुमा संगीत भरिरहेको बताए।

विकट गाँउ पाँचथरबाट २०५६ सालमा संगीतको सपना बुनेर सुनसरी धरान झरेपछि संगीतको आधरभूत शिक्षा लिदै सांगीतिक यात्रामा प्रस्थान गरेका थिए । भौतिक जीवनको आरोह अवरोह सगै तराई, पहाड, र लेकबेसी गर्ने क्रममा एक दिन तमोर नजिकैको देउराली घाटमा हृदसी मित्रहरुसंग पौडि खेल्दा झन्डै ज्यान गुमाएका गायक साक्थिमले गायक बन्ने जीवनका सपनाहरु त्यँहि घाटले घुमाउँदै फेरी नौलो जीवनको अवतार दिएको तितो अविस्मरणीय पलको याद दिलाए।

मनका रहरहरुलाई साकार बनाउन आत्मबलले मात्र नपुग्ने अनुभब गरिसकेपछि हरेक नेपाली सरह उनले पनि विदेशीने अन्तिम निर्णय गरे । धेरै पल्ट आफनो मनलाई सोधे पनि एउटै उत्तर थियो विदेश लाग्ने । तसर्थ गायक साक्थिमले २०६४ सालमा हङकङ जाने मौका पाए । विदेशी भूमिमा व्यस्त जीवन विताए पनि उनले नेपाली गीत संगीतलाई जगेर्ना गर्न लागि परिरहे यसै सिलसिलामा उनले नेपाली लोक जुवारी एल्वम ‘गाँउमै तन्नेरी’ स्रोता माँझ पस्के।

संगीतलाई माया गरिरहने गायक साक्थिमलाई एक्कासी आफनो गलाको समस्या भएपछि डाक्टरले गलाको आराम गर्नु पर्ने सल्लाह दिए । जसले उनको क्षणभरको खुशी हरेर लग्यो । उनलाई गीत गाउन गलाले साथ नदिएपछि, विवश बन्दै गीति लेखन र संगीत भर्न तर्फ लागे । गायन विदालाई परिवर्तन गर्न बाध्य भए । यसै क्रममा उनले धेरै फुटकर गीतहरुमा संगीत भरिसकेका छन् । ‘बजारीया मायासंगै बजारैको कुरा’ र ‘कैले पायौं भँगालोमा’ जस्ता गीतहरुलाई मिठो संगीतले जीवन्त बनाएका छन् ।

‘मुलको पानी सुक्दाखेरी न्यानो घाम डुब्दाखेरी ।
कुन खुसीमा हास्यौ तिमी ,यता मुटु दुख्दा खेरी ।। बोलको गीतलाई आफनो संगीतमा रेकर्डिङ भईरहेको उनले जानकारी गराए ।

‘भुलेको छैन देउराली डाँडा कसमै खाएको,
गोठालो जादा हामीले पिरती लाएको’।। गीतकार इशा लावतीको शव्द रचनालाई संगीतकार भुपेन्द्र साक्थिमको संगीतमा चाँडै बजारमा आउने बताए।

उनको केही गीत मध्ये ‘बषौं भयो छुटेको’ उत्कृष्ट नमूना गीत हो । जस भित्र गायिका तथा मोडल विष्णु चेम्जोङ्ग र सुमन वनेमको मुख्य अभिनयमा उक्त गीतलाई सदैव जीवन्त तुल्याएका छन्।





Comments

comments

Leave a Reply

14025