Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

Breaking News: ‘वारि जमुना पारि जमुना’ का गायक खेमराज गुरुङको निधन

काठमाडौं– ‘वारि जमुना पारि जमुना…’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय बनेका गायक खेमराज गुरुङको असामयिक निधन भएको छ।

जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको अाज(बिहीबार) साँझ अस्पतालमै निधन भएका गायक राजेशपायल राईले जानकारी दिएका छन्। थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेका थिए।

‘मेदान्त अस्ताल लाने तयारी सबै विफल भएको छ, खेमराज दाइ अब हामी माझ रहनु भएन,’ शोक मिश्रित अावाजमा राईले भने।

गुरूङकी श्रीमति हङकङबाट अाइ पुगेको र युकेबाट अामा र दुई दिदीहरू अाउन लागेको उनले जानकारी दिए। ‘उहाँहरू सबै उतैबाट मेदान्त हस्पिटल जाने तयारी थियो,’ गायक राईले भने।

स्वर्गीय गुरूङका दुई छोराछोरी छन्।

‘गुरुङको ‘आलुतामाले…’ बोलको गीतसमेत समेत चर्चित छ।

गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लाने तयारी भइरहेको समेत राईले जानकारी दिए। (नागरिक दैनिकबाट)

प्रिय खेमराज हार्दिक श्रद्धाञ्जलि….






Comments

comments

Leave a Reply

14035