Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, १९ को मृत्यु

मुग्लिनः रौतहटबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस शुक्रबार विहान ५ बजेतिर त्रिशुलीमा खस्दा १९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना महिला छन्। मृतकहरुको पहिचान खुलिसकेको छैन।

ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्ज्याङ ६ कालिखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको हो।

बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।

१७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइतेमध्ये १३ जनालाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।

दुर्घटनास्थल मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ रहेको छ।

घटनास्थलमा स्थानीयबासी प्रहरी तथा कुरिनटारबाट गएको सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ। विस्तृत विवरण प्राप्त भईसकेको छैन।





Comments

comments

Leave a Reply

14044