Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अफगानिस्तानमा नेपाली मूलका भारतीयको खोजी

सरकारले अफगानिस्तानमा आतंककारी आक्रमणपछि कामदार पठाउन रोक लगाएपछि त्यहाँ नेपाली मूलका भारतीय श्रमिकको खोजी सुरु भएको छ।

अफगानिस्तानमा काम गर्ने सुरक्षागार्डको न्यूनतम मासिक तलब १ हजार १ सय डलर थियो ।

खासगरी नेपाल आर्मी, भारतीय सेना र ब्रिटिस आर्मीबाट अवकाश पाएका गोर्खाली सेनाले त्यहाँ काम गर्थे।

उनीहरुले ११ महिना काम गर्दा १ महिनाको थप तलब सुविधा पाउँथे। नेपाली राहदानीबाहकलाई अफगानिस्तान जान रोक लगाएपछि क्यानडालगायतका देशले नेपाली मूलका भारतीयको खोजी गरी काममा लगाउन लागेको खबर कारोबार दैनिकमा छ।

उनीहरुले नेपाली मूलका दार्जिलिङ, देहरादुन, कालिङपोङलगायतका क्षेत्रबाट सुरक्षा गार्ड लग्न थालेका हुन्।





Comments

comments

Leave a Reply

14051