अन्ततः पक्राउ परे खतरनाक कुकुरको मालिक

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १८ अगष्ट । हङकङको युन लङमा ६० किलोको कुकुरले २० मिनेटभित्र दुई साना कुकुरलाई आक्रमण गरी मारेपछि त्यसका मालिक पक्राउ परेका छन्।

उक्त कुकुरले यसअघि जुलाईमा पनि टोकेको घटना भएको थियो। त्यसबेला मालिकलाई चेतावनी दिँदै कुकुरलाई डोरीमा बाँधेर राख्न निर्देशन दिइएको थियो।

हाल कुकुरलाई कृषि, मत्स्य तथा संरक्षण विभागको निगरानीमा राखिएको छ। मालिकले कुकुर सरकारलाई जिम्मा दिएमा आवश्यक परे कुकुरलाई मार्ने निर्णयसमेत हुन सक्ने अधिकारीहरूले बताएका छन्।

मालिकले कुकुर आफैंसँग राखेमा त्यसलाई खतरनाक कुकुर घोषणा गरी मजल लगाउन र छोटो डोरीमा बाँध्नुपर्ने हुन सक्छ।

अधिकारीहरूले २० किलोभन्दा बढी तौलका कुकुरलाई सार्वजनिक स्थानमा दुई मिटरभन्दा लामो डोरीमा राख्न नपाइने बताएका छन्। नियम उल्लङ्घन गरेमा HK$२५,००० सम्म जरिवाना वा तीन महिनासम्म जेल हुन सक्छ।

साथै, कुकुरहरूबीच झगडा हुँदा मानिसले बीचमा गएर छुट्याउन नखोजी सुरक्षित दूरीबाट पानी छर्किने वा वस्तु प्रयोग गरेर ध्यान भंग गर्न सुझाव दिइएको छ।





Comments

comments

140358