Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गितार सिकाउने निहुँमा गायक चेतन सापकोटाले अर्काकी छोरीलाई जबर्जस्ती गर्न खोजेपछि…

संगीतकारका रुपमा भन्दा बढी गायकका रुपमा चिनिने चेतन सापकोटाको गायकीलाई धेरैले भारत पलायन भएका गायक उदीतनारायण झासँग तुलना गर्छन् । उदीतकै झल्को दिने गरी गीत गाउने सापकोटाले मायाप्रितिका कम र जागरणका शब्दलाई बढी प्राथमिकता दिने गरेका छन् । उनले ‘मेरो देशमा अर्को बुद्ध पठाइदेऊ’ लगायत चर्चित जागरणका गीतहरुमा आफ्नो स्वर दिएका छन्।

मान्छेमा जागरणकोे आवश्यकता औंल्याउँदै आफ्ना सिर्जना र गायकी पस्कँदै आएका उनलाई संगीतकर्मकै आधारमा धेरैले इमान्दार संगीतकर्मीका रुपमा बुझ्छन् । तर, अरुलाई क्रान्ति, जागरण र परिवर्तनका निम्ति आह्वान गर्ने यिनै सापकोटा आम बुझाइ भन्दा निकै पृथक रहेको उदेकलाग्दो घटना फेला परेको छ ।

सापकोटा आम बुझाई भन्दा फरक भूमिकामा प्रस्तुत भइदिँदा माओवादी पार्टीकै लागि टाउको दुखाइको विषय बनेका छन् भने स्वयं आफैं ‘दिनमा भोक न रातमा निद्रा’को अवस्थामा पुगेका छन् । उनी जस्तै माओवादीनिकट जनसांस्कृतिक महासंघ हाँक्दै आइरहेका गणेश भण्डारीको इज्जतमा पनि कहिल्यै नमेटिने गरी कालो धब्बा पोतिन पुगेपछि यो घटनाले माओवादी हेर्डक्वार्टर नै बेस्सरी हल्लन पुगेको छ ।

आफ्नै साथीको किशोरी छोरीको जवानीमाथि मनथाम्न नसकेर आँखा गाड्दा माओवादीनिकट जनसांस्कृतिक महासंघका तत्कालीन अध्यक्ष गणेश भण्डारी र महासंघ संवद्ध सापकोटाको अहिलेसम्म बनेको इमेज गल्र्यामगुर्लुम्म ढल्न पुगेको हो । तर, माओवादीका दुई चर्चित सांस्कृतिक योद्धाहरुमा गम्भीर सांस्कृतिक विचलन देखापरे पनि यसलाई पार्टीभित्रै कैद गर्ने प्रयास भइरहेको भन्दै माओवादीनिकट कलाकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । यही प्रयासस्वरुप यो चर्चित काण्डलाई प्रहरीमा जान नदिएर भित्रभित्रै थामथुम पार्न खोजिएको कलाकारहरुको बुझाई छ ।

भएको के हो ?
करिब १ महिनाअघि ललितपुरको एक रेष्टुरेन्टमा भण्डारी, सापकोटा, राप्रपाका असन्तुष्ट नेता र सिन्धुपाल्चोकका सापकोटा थरकै एक युवक ‘सोमरस’ पान गर्ने उद्देश्यसहित भेला भएका थिए । माओवादी प्रवेशको तयारीमा रहेका भनिएका राप्रपा संवद्ध ती नेताले यसकै खुसीयालीमा उक्त जमघट गरेको बताइन्छ । प्राप्त समाचारअनुसार, जमघटपछि उनीहरुले राति १२ बजेसम्म रेष्टुरेन्टमा मदिरापान गरेका थिए ।

स्रोतका अनुसार, मदिरापानका कारण चेतन र गणेश सम्हालिनै सकेका थिएनन् । मदिराले मात्तिएर घर जान सक्ने अवस्थामा नभएपछि चेतन र गणेशलाई ती नेताले आफ्नो चापागाउँस्थित निवासमा लिएर गएका थिए । प्रेमले आफ्नो निवासमा भण्डारी र सापकोटालाई लगेर टिभी हेर्दै गरेकी श्रीमती र गितार बजाइरहेकी छोरीलाई बोलाएर परिचय गराएका थिए । गितार बजाइरहेकी छोरीलाई छाडेर नेता दम्पत्ति सुत्न गए पनि सापकोटा र भण्डारी गितार सिकाउने बाहनामा छोरीसँग जिस्किएर बसेका थिए ।

गितार सिकाउँदा सिकाउँदै सापकोटा र भण्डारीले नेताकी छोरीका अंगमा स्पर्श गरेका थिए । कुनियत राखेर स्पर्श गरेका सापकोटा र भण्डारीद्वयको पञ्जाबाट उम्कन खोज्दा–खोज्दै बलात्कार प्रयास भएपछि उनकी छोरी चिच्याएको बताइन्छ । छोरी चिच्याएपछि अत्तालिएका बाबुले उनीहरुको कर्तुत थाहा पाएपछि बेस्सरी भकुरेका थिए । ‘रामधुलाई’ भेटेपछि जुत्ता–चप्पल छाडेर सापकोटा र भण्डारी राति नै भागेका थिए ।

गम्भीर प्रकृतिको यो घटनापछि ती नेताले प्रहरीमा उजुरी हाल्न रोकेर माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा उजुरी हाल्न लगाइएको थियो । उजुरीलगत्तै माओवादी केन्द्रले सांस्कृतिक विभाग इञ्चार्ज विश्वभक्त दुलाल आहुतिको नेतृत्वमा दुई सदस्यीय छानबिन टोली बनाएको थियो ।

छानबिन टोलीले सापकोटा र भण्डारीले मदिरापान गरेर ती नेताको छोरीमाथि दुव्र्यवाहर गरेको पाइएको र कारबाहीका लागि पार्टी कार्यालयमा प्रतिवेदन बुझाएको आहुतिले बताए । ‘भण्डारी र सापकोटामा गम्भीर सांस्कृतिक विचलन देखिएको छ,’ आहुतिले भने, ‘उनीहरुलाई कारबाहीको लागि सिफारिस गर्दै पार्टीलाई प्रतिवेदन बुझाएका छौं ।’ उनले कस्तो कारबाहीको सिफारिस गर्नुभयो ? भन्ने प्रश्नमा भने यसबारे अहिले केही भन्न नमिल्ने बताए। साँघु साप्ताहिकमा खबर छ।





Comments

comments

Leave a Reply

14123