Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पथरी समाजले तिम्सिना र राईलाई सम्मान गर्ने

त्रिलोचन कोइराला / एचकेनेपाल डट कम –
युएई। पथरी युवा समाज युएइले घोषणा गरेको मोरंग जिल्ला क्षेत्र नं. २ बाट पत्रकारिता गर्ने क्रियाशील पत्रकारलाई सम्मान गर्ने योजना अनुसार क्रियाशील पत्रकार भुपेन्द्र तिम्सिना र पेरणा पत्रकारिता पुरस्कार नरेन्द्र राईलाई सम्मान गर्ने भएको छ।

पथरी युवा समाज युएईको गत अगस्त १ तारिख आङ्खनु कर्म थलोमा रहेका पत्रकारहरुको कदर गर्दै उनीहरुलाई प्रोत्साहन गर्ने हेतुले क्रियाशील पत्रकारिता पुरस्कार दिने घोषणा गरेको थियो।

समाजले पत्रकारितामा लामो समयदेखि क्रियासिल रहेका पत्रकार भुपेन्द्र तिम्सिनालाई क्रियासिल पत्रकारिता तथा मोरंग जिल्ला क्षेत्र नं. २ मा पत्रकारिता तथा पत्रपत्रिकाको बिकासमा उल्लेखीय भूमिका खेलेको भन्दै नरेन्द्र राईलाई पेरणा पत्रकारिताबाट विभूषित गर्न लागेको समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताएका छन्।

समाजले क्रियाशील पत्रकारिता पुरस्कारमा छनोट गरिएका तिम्सिनालाई नगद रु १०,००० (नगद दश हजार मात्र) र सम्मानपत्रबाट सम्मानित रहने छ। साथै राईलाई पेरणा पत्रकारिताबाट विभूषित गरिने समाजले बताएको छ।

समाजले सम्मानित पत्रकारको छनोट प्रक्रियालाई निष्पक्ष बनाउनका लागि पथरीबाट पत्रकारिता गरी हाल युएइमा रहेका नेपाल पत्रकार महासंघ युएईका सहसचिव त्रिलोचन कोइरालाको संयोजकत्वमा नेपाल पत्रकार महासंघ मोरङका सहसचिव मोहन भट्टाराई, नेपाल पत्रकार महासंघ मोरङका सदस्य लोकबहादुर चौहान, पथरी युवा समाज युएईका अध्यक्ष कृष्ण प्रसाद पौडेल र पथरी युवा समाज युएई सम्पर्क समिति पथरीका सचिब तारा घिमिरे रहेको ५ सदस्यीय एक छनौट समिति बनाएर सम्मानित पत्रकारको छनोट गरेको थियो। समाजले पथरीमा विजयादशमीको अबसरमा एक कार्यक्रम गर्दै पत्रकारलाई सम्मान गर्ने समाजका सस्थापक अध्यक्ष मोहन नेपाले बताएका छन्।





Comments

comments

1413