Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जेल जाने डरले बोली फेरे गगन थापाले !

काठमाडौं, मन्त्री हुनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने अभियान सुरु गरेका गगन थापाको बोली रहस्यमय तरिकाले युटर्न भएको छ।

जेल जाने डरले लोकमाविरुद्व नरम भएको स्रोत बताउँछ । कृष्णप्रसाद सिटौला गुटबाट मन्त्री भएका थापाले आफू भ्रष्टाचार प्रकरणमा फस्ने देखेपछि बोली फेरेका हुन्।

उनले सम्हालेका स्वास्थ्य मन्त्रालय सबैभन्दा धेरै बजेट भएको मन्त्रालय हो। जहाँको टेन्डरमा अबौंको खेल हुन्छ। स्वास्थ्य मन्त्रालयलाई मेडिकल माफियाहरुले चलाउँदै आएका छन्।

मन्त्री थापा पनि त्यही माफिया गिरोहको नजिक भइसकेका छन्। त्यसकारण मन्त्रालय टेन्डरमा आफूलाई अख्तियारले फसाउन सक्ने डरले उनी युटर्न भएका हुन्। आजको दृष्टि साप्ताहिकले खबर छापेको छ।





Comments

comments

Leave a Reply

14139