बेलायतमा यसरी मनाइयो तीज (फोटोसहित)



तस्वीरहरुः मिलन तमु / एचकेनेपाल डट कम

तमु समाज युके आमा समूहको आयोजनामा लण्डनमा सम्पन्न भयो भब्य तीज कार्यक्रम
शिवशरण गुरुङ – लण्डन
लण्डनको हेरो बोरो फुटबल क्लबमा तमु समाज युके आमा समूहको आयोजनामा हरितालिका तीज २०१६ कार्यक्रम शनिवार भब्यताकासाथ सम्पन्न भयो।

नारीहरुको महान पर्व तीजको पवन अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा हर्ष र उल्लासमय बातावरणमा मुलत लण्डन वरपरका नेपाली नारीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो। तमु समाज युके आमा समूहका अध्यक्ष माया गुरुङको अध्यक्षता र गैरआवसीय नेपाली संघ युकेका उपाध्यक्ष शान्ति थापा कुवारको प्रमुख आतिथ्यमा सम्पन्न तीज बिशेष कार्यक्रमको संचालन सहिन केसी र आमा समूहका सचिब बिमला गुरुङले गरेका थिए। हेल्थ एण्ड सेफ्टीबारे आमा समूहका उपाध्यक्ष पुष्पा गुरुङले जानकारी दिएका थिए।

तमु समाज युके आमा समूहका अध्यक्ष माया गुरुङ, प्रमुख आतिथि गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष शान्ति थापा कुंवार, तमु सामाज युकेका उपाध्यक्ष बिजु गुरुङ र सोंपाल समाज युकेका संस्थापक उपाध्यक्ष पार्वती गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरि समुदघाटन गरिएको तीज बिशेष कार्यक्रममा यति नेपाल एसोसिएसन युकेका अध्यक्ष पिपला देवानलगायत थुप्रै संघ संस्थाका महिला नेत्री, प्रतिनिधि, समाजसेबी तथा नेपाली महिलाहरुको उपस्थिति रहेको थियो।

बेलायतमा यसरी मनाइयो तीज
थप समाचारः http://wp.me/p5vPvT-3G6

तस्वीरहरुः मिलन तमु / एचकेनेपाल डट कम

Posted by HKNepal.com on Monday, 5 September 2016

तीज कार्यक्रमको बोल्ने क्रममा तमु समाज युके आमा समूहका अध्यक्ष माया गुरुङले स्वागत मन्तब्य, आम समूहका उपाध्यक्ष पुष्पा गुरुङले धन्यबाद मन्तब्य र प्रमुख अतिथि गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष शान्ति थापा कुंवारले उपास्थित सबैलाई शुभकामना दिदै धन्यबाद व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा बिभिन्न किसिमका आकर्षक पुरस्कारहरुको राफल ड्र, तिजको बिशेष दरखाना खाने, पिउने संगसंगै चाँद म्युजिक ओर्ल्ड डिजेको तीज गीतमा सबैले छमछमी नाचेर मनोरन्जन गर्दै बिभिन्न ब्यबासय तथा महानुभावहरुले प्रायोजन गरेको पुरस्कारबाट उत्कृष्ट नृत्यङ्गनाहरु पुरस्कृत पनि भएका थिए। उत्कष्ट नृत्य नाचेर पुरस्कृत हुनेहरुमा क्रमश: बिना गुरुङ प्रथम, गंगा गुरुङ द्वितीय र दुर्गा कुमारी गुरुङ तृतीय, रिता गुरुङ चौथो, निसा गुरुङ पाँचौ, सुनिता अाचार्य छैटौ र भक्ति माया राई सातौ थिए। यसको साथसाथै एकल नृत्य प्रस्तुत गर्ने दुईजना नृत्यङ्गना सिसु गुरुङ र इन्द्रिया मोक्तानलाई बिशेष पुरस्कारले पुरस्कृत गरेका थिए। नृत्यको प्रथम पुरस्कार लण्डन फेसन हाउसका प्रोपाईटर तथा निर्देशक मनिसा डंगोलले प्रयोजन गर्नु भएको थियो।
सेकेण्ड प्राईज माया + बिजु
थर्ड प्राईज बिन्दु घले
फोरथ प्राईज पार्वती गुरूङ र राफल ड्रको प्रथम पुरस्कार मनिकला राई गुरुङले प्रयोजन गर्नु भएको थियो।

तिज कार्यक्रममा तमु समाज युकेको खाद्य संयोजक हरिमान गुरुङको संयोजनमा, कार्यसमितिका सदस्यहरु र स्वयंसेवक सदस्यहरुको सहयोगबाट तयार पारेका तीज बिशेष खानाको निम्ति बिभिन्न महानुभावहरुले सेलरोटी, मिनेरल वाटर, खाद्य पदार्थ तथा आर्थिक सहयोग गरेका थिए।

बेलायतका नेपाली संचारकर्मीहरु गोर्खा च्यानल टिभिका बिमला सेने, लण्डन नेपाल न्युजका राजकुमार त्रिपाठी र शिब भण्डारी, बिबिएन ओर्ल्ड टिभिका निरा पिजि र बिसन गुरुङलगायत फोटोग्राफर मिलन गुरुङ र टेक गुरुङको पनि उपस्थिति रहेको उक्त तीज बिशेष कार्यक्रमको बिबिएन ओर्ल्ड टिभिले प्रत्यक्ष प्रसारण गरेका थिए। दिउसो १ बजे आरम्भ भएको कार्यक्रम राति ११ बजे अन्त भएको थियो।





Comments

comments

Leave a Reply

14142