Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जापानमा नेपाली युवा/ युवतीको यस्तो चाला…

‘मिल्दासम्म मायाप्रीति, कुरा बिग्रेपछि बाहिरी न भित्री’ अहिले यस्तै तनावपूर्ण जिन्दगीबाट गुज्रदै छन्, जापानको राजधानी टोकियोमा नेपाली युवा/युवती।

टाढाको सहर फुकुओकाबाट केही समयअघि सामाजिक सञ्जालमार्फत साथी बनेका उदय राईको कोठामा आई सँगै बस्ने थालेकी मिङ्मा तामाङ आफूमाथि पटक–पटक यौन दुर्व्यहार भएको उजुरीसहित प्रहरीसमक्ष पुगेकी छिन्।

भोजपुर घर भई (१९ जनवरी १९९१ मा जन्म, नागरिकता प्रमाणपत्र नं. ०९१०३१–४२, राहादनी नम्बर ०६९०६१०४) केही वर्षदेखि जापान बस्दै आएका उदयले आफूभन्दा ३ वर्ष जेठी मिङ्मालाई शरण दिँदै शारीरिक शोषण गरेको बताइन्छ।

अस्पतालमा जाँच गराउँदा मिङमाको शरीरमा पिटाइको निलडाम भेटिएको छ। मिङमाले उदयलाई थुनाउनै चाहिँ चाहेकी छैनन्, बरु २० लाख लिएर विवाद सल्टाउन खोजिएको उनका साथी बताउँछन्।

यो विवादले किन पनि कानुनी रुप लिइहालेको छेन भने नेपालमा दुवै विवाहित हुन् । १९८८ को सेप्टेम्बरमा जन्मिएकी मिङ्मालाई सन् २०१९ को मे १३ सम्म जापान बस्ने अनुमति प्राप्त छ।

उनलाई इञ्जिनियर र मानवशास्त्रमा स्पेसलिष्टको हैसियत प्रदान गरिएको खबर जनआस्था साप्ताहिकले छापेको छ।





Comments

comments

Leave a Reply

14152