काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गरेका छन्।
मोरङको उर्लाबारीस्थित प्रतिष्ठानद्वारा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले स्मारिका लोकार्पण गर्नुभएको हो।
लोकार्पण गरिएको ३६८ पृष्ठे स्मारिकामा नेपालको शैक्षिक विकास, समस्या र समाधान, प्राविधिक तथा व्यावसायिक शिक्षा, आदि सामग्री समावेश छन् । साथै प्रतिष्ठानका गतिविधि तथा स्मरणीय विषयवस्तु समेटिएको छ। रासस


