आसफोर्ड, केन्ट – नेपाली बक्सअफिसमा इतिहास रच्न सफल चलचित्र ‘कबड्डी’ सिरिजको पाँचौं भाग ‘कबड्डी ५ – AFTER THE FINAL MATCH’ को युके प्रिमियर शो आसफोर्डमा हुने भएको छ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको यस बहुप्रतिक्षित चलचित्रको युके प्रिमियर दि आसफोर्ड सिनेमा (THE ASHFORD CINEMA) मा हुन लागेको हो।
आयोजक Keys2Success का अनुसार चलचित्र १५ नोभेम्बर, आइतबार प्रदर्शन गरिनेछ। दर्शकहरूको अत्यधिक चासो र मागलाई मध्यनजर गर्दै एकै दिन दुई शो प्रदर्शन गर्न लागिएको हो।
प्रदर्शन तालिका – #ASHFORD
पहिलो शो – दिउँसो २:०० बजे
दोस्रो शो – बेलुका ५:३० बजे
युकेमा रहेका नेपाली समुदायमाझ ‘कबड्डी ५’ लाई लिएर निकै उत्साह देखिएको छ। सामाजिक सञ्जालमा कलाकार रिष्मा गुरुङले “अब पालो यु.के. बासी हजुरहरूको” भन्दै युकेवासी दर्शकलाई निम्तो समेत दिनुभएको छ।
टिकट र बुकिङका प्रकार
चलचित्र हेर्न चाहने दर्शकका लागि दुई प्रकारको टिकट व्यवस्था गरिएको छ।
• स्ट्यान्डर्ड टिकट – £15
• प्रिमियम टिकट – £20
स्ट्यान्डर्ड र प्रिमियममा कस्तो सुविधा छ भन्ने खुलाइएको छैन।
टिकट सीमित रहेकाले समयमै बुकिङ गर्न आयोजकले आग्रह गरेको छ। अनलाइन टिकटका लागि तलको वेबसाइटमा जान सकिनेछ:
www.keys2success.co.uk/events
आसफोर्ड र आसपास केन्ट क्षेत्रमा रहनुहुने नेपाली दाजुभाइ, दिदीबहिनीहरूका लागि आ-आफ्नो सिट सुरक्षित गर्ने यो नै उपयुक्त समय हो।
आसफोर्ड पछि युकेका विभिन्न स्थानमा २५ शहरहरूमा शो कन्फर्म भइसकेको र हेर्न चाहनुहुनेहरूले आयोजकलाई सम्पर्क गरेर अन्य स्थानमा पनि शो थप्न सक्नुहुनेछ।
नेपालको बक्स अफिसमा धमाकेदार प्रस्तुति दिँदै फिल्मले दर्शकको मन जित्दै करोडौँको व्यापार जारी राखेको छ।
• भूमिराज राई


