Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युकेको अल्डरसटमा इङ्नाम ईवाहाङ साथै चेलिबेटी भेटघाट कार्यकम सम्पन्न

सुरेन्द्र इङनाम / एचकेनेपाल डट कम –
बेलायत। गत अल्डरसटको तोङ्हाम कम्युनिटी हलमा शनिवार इङ्नाम ईवाहाङ बन्धु साथै चेलिबेटी वार्षिक भेटघाट कार्यकम सम्पन्न भयो।

हरेक वर्षमा एकपल्ट आयोजना गरी सम्पूर्ण बन्धुहरु, चेलिबेटी साथै भाना–भाञ्जाहरु भेटघाट भएर चिनजान साथै सदभाव राख्ने उक्त कार्यक्रमलाई बन्धु समितिको अध्यक्ष महेन्द्र ईवाहाङको सभापतित्व रहेको उक्त कार्यक्रमलाई शेरबहादुर इङ्नामले स्वागत मन्तव्य दिनु भएको थियो। कार्यक्रमको सुरुमा यस बर्ष भरीमा दिवङ्गत हुनु भएका बन्धु तथा चेलिहरु क्रमशः शन्त बहादुर ईवाहाङ र बिष्णु माया इङ्नाम (आङबुहाङ) को सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो।

बन्धु समितिको अध्यक्षले संस्थाको बारेमा प्रष्ट्याउदै बर्षमा एक पल्ट भेला भएर दुःख सुख साथै एकआपसमा चिनजान गर्नु जरुर भएको र भवितब्यमा दुःख तकलिफ भएमा सबै बन्धु तथा चेलिहरु मिलेर सरसहयोग गर्न आग्रह गर्नु भयो। सोही क्रममा चेलिबेटी समितिका अध्यक्ष बिना इङ्नामले इङ्नाम ईवाहाङ चेलिबेटी समितिको स्थापना हालै भएको र यस सस्थाको उद्देश्य बारे प्रष्ट्याउनु भएको थियो।

कार्यक्रमको दोस्रो चरण सम्मान कार्यक्रम रहेकोले बन्धु, चेलि साथै भाना–भाञ्जाहरुलाई यस वर्ष भरि विभिन्न क्षेत्रमा प्रगती गरेबापत प्रोत्साहन स्वरुप सान्त्वना र सम्मान–पत्र प्रदान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई छुट्टि मिलाएर कार्यक्रममा आईदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नुहुदै कार्यकरुमलाई औपचारिक रुपमा समापन गर्नुभयो। ९ घण्टा लामो चलेको उक्त कार्यक्रमलाई सस्थाको सचिव प्रेम इङ्नामले सञ्चालन गर्नु भएको थियो।





Comments

comments

1439