Breaking News: हङकङभरी सनसनी फैलाउने गरी भएको नेपालीको ग्याङ फाईटमा संलग्न ३ नेपाली पक्राउ…

न्युन अपडेटः नेपाली ग्याङ फाईटका थप ३ संदिग्ध पक्राउ
न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ५ अक्टोबर । हङकङभरी सनसनी फैलाउने गरी भएको नेपालीबीचको ग्याङ फाईटमा संलग्न रहेको आशंकामा प्रहरीले मंगलवार थप ३ जना नेपालीलाई पक्राउ गरेको छ।

चिनीयाँ पत्रिका एप्पल न्युजका अनुसार पक्राउ परेका तीन जना नेपालीहरुलाई टाउको कालो कपडाले छोपिएको र हातमा हतकडी लगाइएको अवस्थामा प्रहरीले लाँदै गरेको उल्लेख गरेको छ। जोर्डनको नाईट मार्केट नजिक गत आइतवार बिहानको घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा १८ देखि २९ वर्ष उमेरका छन्। उनीहरुलाई घटनामा संलग्न रहेको प्रमाणको आधारमा पक्राउ गरिएको कोलून वेष्ट मुख्यालयका अपराध शाखाका प्रमुख निरीक्षक क्वान चुन टिङले बताएका छन्। उनीहरुबाट घटनासंग सम्बन्धित प्रमाणहरु बरामद गरिएको जनाइएको छ।

अनुसन्धानमा जुटेको प्रहरी टोलीले पक्राउ परेको एक संदिग्धको कपडामा रगतको टाटासमेत भेटिएको बताइएको छ। उनीहरुलाई याउ मा तेईस्थित प्रहरी चौकीमा हिरासतमा राखिएको छ। घटनामा संलग्न थप दुई जनाको खोजि भइरहेको प्रहरीले जनाइएको छ।

ग्याङ फाईटमा संलग्न दोषीहरुलाई पक्राउ गर्न र घटनाबारे अनुसन्धान गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरी घटनाको थप प्रमाणहरु जुटाउने क्रममै रहेको छ।

पक्राउ परेका एक नेपालीलाई प्रहरी चौकीमा लगिदै… हेर्नुहोस् भिडियो

हङकङभरी सनसनी फैलाउने गरी भएको नेपालीबीचको ग्याङ फाईटमा संलग्न ३ नेपाली पक्राउ…
थप समाचार… http://wp.me/p5vPvT-3Lf

Posted by HKNepal.com on Tuesday, 4 October 2016

.

ग्याङ फाईटमा प्रहरीले तत्कालै गोली हानेर दुईजना २५ वर्षीय महेन्द्र पुन र २३ वर्षीय बिनोद पुनलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो। महेन्द्रको कमर र खुट्टामा र बिनोदको पाखुरामा गोली लागेको छ।

उनीहरुविरुद्ध प्रहरीले मुद्दा हालेर कारवाहीको प्रक्रिया शुरु गरेपनि अस्पतालमा उपचार भईरहकेकोले अदालतमा हाजिर हुन नसकेपछि उनीहरुको मुद्दा शुक्रवारसम्मको लागि स्थगित गरिएको छ।

फोटो भिडियो सौजन्यः एचके एप्पल न्युज

न्युज अपडेटः गोली लागेका दुई नेपालीमध्ये एकको अवस्था नाजुक
न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २ अक्टोबर । नेपालीबीच भएको ग्याङ फाईटमा प्रहरीको गोली प्रहारबाट घाइते भएका दुईमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

याउ मा तेई पुलिस डिवीजनल कमान्डर एड्रियन मा ले स्थिति नियन्त्रणमा लिन चार राउण्ड गोली चलाउनु परेको बताएका छन्। मौखिक चेतावनी दिंदा पनि नमानेपछि गोली चलाएको उनले बताए। पहिलो गोली हान्दा पनि आक्रमण जारी राखेकाले दोश्रो पटक पनि गोली हान्नु परेको उनले बताए।

त्यो अवस्थामा पर्खने कुनै समय थिएन। दुई प्रहरी अधिकारीले तत्काल लिएको निर्णय जायज थियो, उनले भनेका छन्।

उनका अनुसार २३ वर्षीय युवकको पाखुरामा र २५ वर्षीय युवकको कमर र खुट्टामा गोली लागेको छ। ती दुईको आक्रमणबाट ३३ वर्षीय पीडितको टाउको, पिठ्यूँ र खुट्टामा धारिलो हतियारको चोट लागेको छ।

घटनास्थलमा दिनभर जसो सर्वसाधारण र मिडियाको ठूलो भिड लागेको थियो। घटनास्थललाई प्रहरीले घेराबन्दी गरेर राखेको छ।

हङकङ भरी नै सनसनी मच्याएको यस घटनापछि हङकङस्थित नेपाली महावाणिज्यदूतावास र ठूला नेपाली संघसंस्थाहरुले अधिकारिक रुपमा कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन्। नेपाली समुदायमै बदनाम हुने गरि भएको घटनाप्रति कानमा तेल हालेर बस्ने महावाणियज्यदूतावास र आफूलाई ठूला भनेर गर्व गर्ने नेपाली संघसंस्थाहरुको गैरजिम्मेवारी रवैयाप्रति सर्वसाधारण नेपालीहरुले आश्चर्य प्रकट गरेका छन्।

अपडेटः हङकङमा नेपालीहरुको ग्याङ फाईटपछि …
पशन तमू / एचकेनेपाल डट कम –
हङकङ, २ अक्टोबर । नेपालीहरुबीच अाइतवार बिहान जोर्डनमा भएको डरलाग्दो ग्याङ फाईटमा प्रहरी समयमै घटनास्थल नपुगेको भए एक जनाको ज्यान जाने अवस्थामा थियो। भिडियोमा घटनाको प्रकृति हेर्दा त्यस्तै प्रतीत हुन्छ। प्रहरी त्यहाँ पुगिसक्दा पनि एकजनामाथि दुईजना मिलेर ठूलो छुराले ड्याङ ड्याङ टाउकोमा हान्दै थिए।

त्यो घटना देख्ने प्रत्यक्षदर्शीहरु डरले चिच्याउंदै कराउंदै थिए। प्रहरीको उपस्थितिलाई अनदेखा गर्दै निरन्तर ड्याङ ड्याङ आक्रमण गरिरहेपछि प्रहरीले तत्काल गोली प्रहार गर्न वाध्य भएको थियो। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन चार राउण्ड गोली चलाउनु परेको थियो। गोली प्रहारबाट दुई जना घाईते भएका छन्।

प्रहरीले घटनास्थललाई घेराबन्दी गर्दै घटनाको अनुसन्धान गर्दै छ। हेर्नुहोस् जगतअम्बु गुरुङले खिचेको भिडियो

घटनास्थल दिनभर मिडिया र सर्वसाधारणको भीडले घेरि रहे। नेपालीको ग्याङ फाईटमा गोली प्रहार गरेर हस्तक्षेप गरेको यो पहिलो घटना हो। बिहान उज्यालोमै भएको डर लाग्दो ग्याङ फाईटले धेरैको सातो लिएको थियो।

हङकङमा नेपालीबीच भएको यो घटनाले ठूला साना धेरै मिडियाको ध्यान आकृष्ट मात्र गरेको छैन। यस्ता घटनाहरुले नेपाली समुदायमाथि अरुले हेर्ने दृष्टिकोणलाई समेत परिवर्तन गरि दिन सक्छ।

हङकङमा बेलाबेला नेपालीबीच ठूला ठूला डरलाग्दा ग्याङ फाईटहरु भएका छन्। जसले अंगभंग मात्र गरेको छैन। ज्यान पनि लिइसकेको छ। केही समययता नेपाली युवाहरुबाट कुटपिट र लुटपाटका घटना बढिरहेका छन्। केही दिनअघि केही नेपाली युवाहरुले स्थानीय चिनीयाँ बृद्धलाई आक्रमण गरि हङकङ डलर ३ हजार, मोबाईल फोन लुटपाट गरेका थिए। त्यस्तै महिना दिनअघि, नेपालीबीच भएको छुरा आक्रमणको घटना सेलाउन नपाउंदै अहिले अर्को घटना दोहोरिएको छ।

यस्ता घटनाले अब हङकङमा नेपाली युवाहरु एकार्कासंग ढुक्क र सुरक्षित छैनन् कि भन्ने गलत सन्देश पनि जान सक्छ। तन्नेरी छोराहरु स्कूल या कामबाट घर नफर्किञ्जेल अभिभावको मन चिन्ताले पोलिरहन सक्छ।

हङकङमा पुर्खाहरुले गोर्खाको नाममा राखेको बहादुरी र इमान्दारीको शान र प्रतिष्ठालाई अहिले केही युवाहरुले चुनौती दिदै नेपालीको नामलाई बदनाम गर्दैछन्।

हेर्नुहोस् ग्याङ फाईटको लाईभ भिडियोः



Breaking News: हङकङमा नेपालीबीच ग्याङ फाईट, प्रहरीले चलायो ४ राउण्ड गोली, दुई गम्भीर घाइते ….

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २ अक्टोबर । हङकङमा नेपालीबीच ग्याङ फाईट भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन कम्तीमा चार राउण्ड गोली चलाएको छ।

जोर्डनमा आइतवार बिहान करीव ६ बजे नेपाली युवाहरु छुरा हानाहान गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। दुई समूह लडिरहेको खबर ट्याक्सी चालकबाट पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरी पुग्दा पनि छुरा हानाहान जारी रहेपछि प्रहरीले गोली चलाउंदा दुई जना गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि क्वीन एलिजावेथ हस्पिटलमा लगिएको छ।

एक जना २५ वर्षीय युवकको कमर र खुट्टामा गोली लागेको छ भने अर्का २३ वर्षीय युवकको पाखुरामा गोली लागेको छ। छुरा प्रहारबाट ३३ पीडितको टाउको, पिठ्यूँ र खुट्टामा धारिलो हतियारको गहिरो चोट लागेको जनाइएको छ। घटनामा संलग्न युवाहरुको परिचय नखुलाईए पनि उनीहरु हङकङ आईडी होल्डर नेपाली रहेको एचके अन सीसीले जनाएको छ।

भिडियो सौजन्यः एचके एप्पल न्युज
फोटो सौजन्यः एचके अन सीसी


हेर्नुहोस् ग्याङ फाईटको लाईभ भिडियोः

Breaking News: हङकङमा नेपालीबीच ग्याङ फाईट, प्रहरीले चलायो ४ राउण्ड गोली…

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २ अक्टोबर । हङकङमा नेपालीबीच ग्याङ फाईट भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन कम्तीमा चार राउण्ड गोली चलाएको छ।

जोर्डनमा आइतवार बिहान करीव ६ बजे नेपाली युवाहरु छुरा हानाहान गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। दुई समूह लडिरहेको खबर ट्याक्सी चालकबाट पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरी पुग्दा पनि छुरा हानाहान जारी रहेपछि प्रहरीले गोली चलाउंदा दुई जना गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि क्वीन एलिजावेथ हस्पिटलमा लगिएको छ।

एक जनाको कमर र खुट्टामा गोली लागेको छ भने अर्काको पाखुरामा गोली लागेको र छुरा प्रहारबाट टाउकोमा गहिरो चोट लागेको जनाइएको छ। घटनामा संलग्न युवाहरुको परिचय नखुलाईए पनि उनीहरु हङकङ आईडी होल्डर नेपाली रहेको एचके अन सीसीले जनाएको छ।

भिडियो सौजन्यः एचके एप्पल न्युज
फोटो सौजन्यः एचके अन सीसी

Posted by HKNepal.com on Saturday, 1 October 2016

.





Comments

comments

Leave a Reply

14461