फेसबुकमा राम्रा केटाको फ्रेण्ड रिक्वेस्ट आए ख्याल गर्नु, फसादमा परिएला…

फेसबुकमा फ्रेन्ड रिक्वेष्ट आयो । हेर्दा राम्रो अनुहार देखियो भन्दैमा कन्फर्म नगर्नुस् । किनभने, त्यसै गर्नाले अहिले केही मानिस दिनहुँ प्रहरीको अपराध महाशाखा धाउँदा हैरान छन् ।

फेसबुकमा केनी जोनसन नाम राख्ने, फोटो पनि आकर्षक राख्ने र नेपाली महिलालाई फ्रेन्ड रिक्वेष्ट पठाउने धन्दा चलाएका व्यक्ति नभेटेर हैरान छ ।

त्योभन्दा बढी हैरानीमा छन्, उनको प्रलोधनमा परेर लाखौं रकम उनले भनेको अकाउन्टमा हालिदिँदा । दर्जन बढी महिला पीडित छन् ।

जोनसोनले व्यक्तिगत आयस्रोतबारे सम्बन्धित महिलालाई जानकारी दिँदै आफूप्रति आकर्षित गर्थे । त्यस्ता महिलालाई उपहार स्वरुप कसैलाई महंगा मोबाइल, कसैलाई ल्यापटप पठाउँथे ।

प्रहरी अनुसन्धानमा उनले ४० लाखसम्मको सामान पठाउने र पाउने व्यक्तिलाई एअरपोर्ट ट्याक्सबापतको तीन/चार लाख रुपैयाँ भारतीय बैंकमा डिपोजिट गर्न लागउँथे ।

त्यसो गर्नुअघि सामान ड्राफ्ट गरिएको ट्याग नम्बरसमेत पठाउँथे । उनले भने बमोजिमको रकम जम्मा गर्नुअघि भारतको नम्बरबाट नेपाली महिलालाई फोन आउँथ्यो ।

ती व्यक्तिले रकम पठाउन नेपाली नागरिकको सम्पर्क नम्बर र नेपाली बैंकको खाता नम्बर पनि दिन्थे । तर, विश्वासका कारण ती खातावालासँग सम्पर्क नै नगरी पीडितले भारतीय बैंकमा पैसा जम्मा गरे ।

अहिलेसम्म पीडितले ३२ लाख नेपाली रुपैयाँ उनको भारतीय खातामा हालिसकेका छन् । यसरी पैसा पुग्ने तर सामान नआउने । एक जना महिलाले जब यही क्रमबाट अरु पनि ठगिएका चाल पाइन्, अनि बल्ल प्रहरीमा उजुरी गरिएको खबर जनआस्थाले छापेको छ।





Comments

comments

Leave a Reply

14525