Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लोकमानको घरमा म्याद नटाँसी फर्किए सर्वोच्चका कर्मचारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्धामा म्याद बुझाउन गएका सर्वोच्च अदालतका कर्मचारी बुधबार रित्तोहात फर्किए।

काठमाडौं महानगरपालिका १० नं वडासचिव सरिता राई कार्यालयमा नभेटिएपछि ती कर्मचारी कार्कीको घरमा सूचना नटाँसी फर्किएको खबर नागरिक दैनिकमा छ।

सर्वोच्चको टोली बुधबार दिउँसो म्यादको पत्र लिएर उनको निवास पुगेको थियो । घरमा म्याद टाँस गरी मुचुल्का उठाउन सम्बन्धित क्षेत्रको वडासचिवलाई रोहबर राख्नुपर्ने कानुनी व्यवस्था छ।

राई नभेटिएपछि सर्वोच्च टोली त्यत्तिकै फर्किएको हो । वडा कार्यालयलाई पहिल्यै खबर गरिए पनि सचिव नआएको सर्वोच्चका तामलेदार शम्भु खत्रीले बताए ।





Comments

comments

Leave a Reply

14540