Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

देवी गुरुङविरुद्ध उजुरीको चाङ

दैनिक बढे देवी गुरुङलाई उजुरी दिने नेपालीहरु
झुटो प्रचार गरेकोमा दूतावासको ध्यानाकर्षण

मलेसियाबाट रबि भट्ट –

मलेसियामा होटल व्यवसाय गर्दै आएकी देवी गुरुङले रकम लिएर फिर्ता नगरेको भन्दै दैनिक उजुरी दिने नेपालीहरु बढ्दो छन्। उनले घर पठाउने भन्दै र सापटी स्वरुप लिएको रकम फिर्ता नगरेपछि उजुरी दिनेहरुको संख्या बढेको हो।

त्यस्तै, मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमान सिं बस्न्यात र दूतावासविरुद्ध अनर्गल प्रचार गरेको भन्दै दूतावासले प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ। मंगलबार जारी विज्ञप्तिमा महेन्द्रजंग शाह र देवी गुरुङले नेपालमा पत्रकार सम्मेलन गरी राजदूत र दूतावासविरुद्ध झुटो प्रचार गरेकोमा दुई जना सम्बन्धमा स्पष्ट पारेको छ।

विज्ञप्तिमा महेन्द्रजंग शाहले विदेश आई अलपत्र परेकाहरुलाई भिषा लगाई दिन्छु, घर पठाई दिन्छु भन्दै मोटो रकम लिएको र नक्कली काम गरि सम्पर्कविहिन हुने गरेको उजुरी परेको थियो। उनले एनआरएन मलेसियाका अध्यक्ष रहदा सचिवलाई नक्कली भिषा लगाई मलेसिया ईमिग्रेसनको थुनामा पुर्याएको, महासचिव र अन्य सदस्यलाई पनि नक्कली भिषा लगाएको विज्ञप्तिमा उल्लेख छ।

शाहले यस्तो काम गरि अलपत्र पारेपछि एनआरएनबाट विज्ञप्ति जारी गरि पद मुक्त गरेको थियो । दर्जनौ उजुरी परेका शाहलाई मलेसियाका प्रहरी प्रमुख तान श्री खालीद अबुबकरले आतंककारीको आवागमनमा सहज हुने खालका नक्कली कागजात जारी गरेको विश्वास भएको मलेसियामा समाचार आएको पनि बिज्ञप्तिमा उल्लेख छ।

त्यस्तै देवी गुरुङ आफै पनि भिषाविहिन रहेकी र हिमालयन रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी श्रीमानसंग मिलेर अलपत्र परेका नेपालीहरुलाई घर पठाई दिन्छु, भिषा लगाई दिन्छु, पासपोर्ट बनाई दिन्छु भनेर मोटो रकम लिई अलपत्र पारेको उल्टै पीडितहरुलाई ज्यान मार्ने धम्कि दिएको दर्जनौ उजुरी दूतावासमा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै उनको रेष्टुरेण्टबाट १४ सक्कल नागरिकता र एक राहदानी पनि घरधनीले दूतावासमा बुझाएको जनाईएको छ।

विज्ञप्तिमा श्रम गर्न आएका नेपालीहरुलाई ठग्ने तथा चरम दुःख दिनेलाई कारवाही गर्न राजदूतावास दृढ रहेको र गंभीर विषयमा समाचार संप्रेषण गर्नु पहिले दूतावासमा पनि बुझेर समाचार प्रकाशित गर्न सम्बन्धित संचार माध्यामलाई आग्रह गरिएको छ।

देवी गुरुङको ६ महिना पहिलेदेखि उजुरी आएको र घर पठाउन सेटिङ गर्दा अध्यागमनले उनको मान्छेहरु समातेर जेलमा राखेको थियो । सो को समाधानको लागि पटक पटक दूतावासले खबर गर्दा उपस्थित नजनाउने लुकिछिपी हिडेपछि यहाँको सम्बन्धित निकायमा खबर गरेको दूतावास श्रोतले जनाएको छ । त्यस लगतै पक्राउ परेकी गुरुङ २१ दिन जेल बसेपछि नेपाल फर्केकी हुन्।

नेपाल फर्केर पत्रकार सम्मेलन गरेकी उनलाई धेरैले नेपाल गएको थाहा भएपछि नेपाल र मलेसियामा आफ्नो रकम उठाईदिन उजुरी गर्न थालेका हुन् । उनले संञ्चालन गर्दै आएको हिमालयन रेष्टुरेण्टका कामदारहरु पनि विचल्लीमा छन् । सोही रेष्टुरेण्टका कामदारहरु भीम बहादुर आले, कमला मेङहाङ र कुमारी अन्यत्र रेष्टुरेण्टमा काम गरि रहेका छन् । १७ महिना तलब पाउन बाँकी भीम बहादुर ऋण गरेर घर जादैछन् । १६ महिना काम गरेकी कमला र कुमारी पनि अरुको सहारामा बसि रहेका छन्।

६ महिना पहिले चितवन पिप्लेका कृष्ण कुमार थापाले १४ हजार रिङगेट, डिल कुमार मगरले ८ हजार, रोल्पाका बिष्णु कुमार दमाई र गोपाल डाँगीले क्रमशः ७ हजार र २ हजार ८ सय, नवलपरासिका उमेश चमारले ३ हजार खोटाङका मेजरमान राईले १ हजार ९ सय, सिन्धुपाल्चोकका पूर्ण बहादुर कार्कीले ८ हजार ३ सय रिङगेट दिएको उजुरी दिएका छन्। सामान्य हजार, पन्ध्र सय दिनेहरुले आशा मारेको र उजुरी दिएका छैनन् भने ३०/४० हजार मोटो रकम लिनेहरुले पनि उजुरी दिएका छैनन्।

उनले दिनु पर्ने उजुरीको आधारमा ९२ हजार रिङगेट वा करीब २५ लाख रुपैयाको उजुरी छ भने अन्य व्यवसायीहरुको करीब २५ लाख रुपैयामात्र मलेसियामा फिर्ता गर्नु पर्ने हुन्छ । सिंगापुरमा पनि अबैध काम गरेर थाईल्याण्ड हुदै मलेसिया छिरेकी गुरुङले रकम दिनु पर्नेहरुलाई दूतावासमा उजुरी नदिन र दिएमा त्यहि मान्छे लगाएर मार्ने धम्कि समेत दिएको पीडितहरुले उद्धार गर्न जानाकारी दिए। यस बारेमा बुझ्न नेपालमा सम्पर्क गर्दा गुरुङले फोन उठाईनन्।





Comments

comments

Leave a Reply

14542